प्रदेश सरकारको योजना, ‘कहिँ नभएको जात्रा चनौटेमा’

भूकम्पले सिन्धुपाल्चोक जिल्लामा अलि बढी क्षती त भयो तर मेलम्ची नगरपालिका लगायत हेलम्बु गाउँपालिकामा मेलम्ची खोलाले अकल्पनीय बिनाश गरायो।

सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिका भन्ने बित्तिकै मेलम्ची सुरुङ्ग र हालको चर्चित पर्यटकिय स्थल आमा यांग्री सम्जिनु कुनै नौलो कुरो होइन। भूकम्पले सिन्धुपाल्चोक जिल्लामा अलि बढी क्षती त भयो तर मेलम्ची नगरपालिका लगायत हेलम्बु गाउँपालिकामा मेलम्ची खोलाले अकल्पनीय बिनाश गरायो।

मेलम्ची, तालामारंग, ग्याल्थुमको जस्तै गाउँ-गाउँको सदरमुकाम कहलिने चनौटे बजारमा कहिँ नभएको जात्रा हाडीगाउँमा भनेझै भएको छ। करिब तीन महिना अगाडीबाट निर्माण कार्य सुरु भएको उक्त पुलको निर्माणसम्पन्न कुन समयमा हुने हो भन्ने बिषय कि निर्माण कम्पनीलाई थाहा होला या प्रदेश सरकारलाई नै!

हाल दुई वटा ह्युम पाईपको सहायताले पानीको बहाबलाई कटाईएको छ तर अलि ठुलो वर्षा हुनासाथ् बाढिले बाटो अबरुद्द हुनु स्थानियको लागि कुनै नौलो कुरो होइन। दुई बर्ष अघि मात्रै आएको भिषण बाढिले पाल्चोक, चुरेटार लगायत हेलम्बु गाउँपालिकाको १,२,३ नं जोड्ने रातो पुल बगाएको थियो।

त्यसै बिषयलाई लिएर निलम्बित संसद मोहन बहादुर बस्नेतले आफ्नो तारिफ स्वयंले गर्न समेत भ्याए। सिन्धुपाल्चोक जिल्लामा मोहन बहादुर बस्नेत र सिन्धुपाल्चोकमा पशुपतिशमशेर जबरालाई लगातार दुईपटक पराजित गरेर ‘राणा शासन’ ढालेको बताउने पूर्ब-मन्त्री शेर बहादुर तामाङ गृह जिल्लाका स्थानीयको हितका लागि तत्पर हुने नेतृत्वकर्ता हुन्।

बैशाख २९ गते म्याग्दी क्षेत्र १ बाट निर्बाचित भएका खम बहादुर गर्बुजा, एसपी, सिडिओ सहित बस्नेत मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका पुगेका थिए। बाढीले बगाएको चनौटे पुल देखि नाकोटेको पुल, गुम्बा निर्माण लगायतका कार्यमा उनको पहलमा कार्य भएको दाबी गरे अनि काम तिब्र गतिमा भएको अनुमान गर्न सकिदैन।

पानीको बहाब बढ्ने बित्तिकै बाटो अबरुद्द हुने भएकोले स्थानियको आवत-जावतमा समस्या उत्पन्न भएको छ।

स्थलगत अनुमान गर्दा बर्खा सम्म काम सम्पन्न हुने प्रबन्ध देखिदैन, फराकिलो मतान्तरले बिजयी भएका बस्नेतको पहल कम भएको जस्तो देखिन्छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार