सिन्धुपाल्चोक । सोमबार बुद्ध जयन्तीको अवसर पारेर मोहन बहादुर बस्नेत लगायतका टोली हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको भ्रमणमा निस्केका थिए। फिल्डमा स्वयम् उत्रेपछि समस्या बुझिने भन्दै राज्यमन्त्री गर्बुजा सहित उपस्थित भएका थिए।
पदमा नहुदा देखि नै जनताको हितको लागि २४ घण्टानै खटिएको दाबी पूर्ब मन्त्रीले गरे। झट्ट हेर्दा कार्यक्रम मन्त्रीले स्वयम आफ्नो कार्यको प्रशंसा गरेको जस्तो देखिन्छ। गठबन्धन सरकारबाट बिजयी भएका सांसद मोहन बहादुर बस्नेतले स्वास्थ्य मन्त्री हुदा पनि खासै उपलब्धी केहि गर्न सकेनन।
सोमबारको कार्यक्रम स्थानियको आग्रहमा भन्दा पनि उनी आफै जनताको गुनासो सुन्न र बजेटका बिषयमा भन्ने अभिव्यक्ति राखे। हाल एमाले र कांग्रेसको गठबन्धन सरकार भएपनि उनले पूर्ब-सांसद शेर बहादुर तामाङको आलोचना गर्न भने छोडेनन् ।
कर्यक्रममा सिडिओ, एसपी लगायत विभिन्न उच्च पदस्थ ब्यक्तीको सहभागिता थियो। छोटो कार्यक्रममा उनले गरेको कार्यको चर्चा गरेका थिए।
मेलम्ची खोलामा आएको बाढीले बगाएको चनौटे पुल देखि नाकोटेको पुल, गुम्बा निर्माण लगायतका कार्यमा उनको पहलमा कार्य भएको दाबी गरे।
आगामि दिनमा पनि सिन्धुपाल्चोक जिल्लाको बिकासका लागि कुनै पनि कसुर नछोड्ने अभिब्यक्ती राखे।