आधुनिक शहरको नैराश्यता,
त्यो छारो, धुवाँ, दुर्लभता!
त्यो चोक, मोड अनि गल्ली..
हिड्दाहिड्दै कहिलेकाहीं भुलिन्छन् बाटा, मोडिन्छ गन्तब्य
अनि तेर्सिन्छन प्रश्न:
अरे शहर कि नर्क?
पशुकि मानिस,
सिंह भन्दा गदगद हुने कुकुर भन्दा किन हपार्छ? हँ?
जनावरको वर्गीकरण एउटै होइन र!
सोचमग्न हुन्छु
यस्तै रहेछ,
अनि दैनिकी उहीँ होइन त?
काउली २ रुपैयाँ किलो,
रायो मुठाको ५ रुपैया,
त्यो पनि बार्गेनिङ!
बोइलर बढाउने औषधीले आयु घटाएर पत्तो छैन,
ए पठमूर्ख हो?
किन?
शाक्य किसान मारमा अनि
बिचौलियाको राज!
उफ्फ!
शहर त शहर होइन रहेछ,
फगत
कारोबारीको बिसौनी पो रहेछ।