काठमाडौँ। काठमाडौँ आसपास हुदै बग्ने धेरै नदिहरु छन्। पछिल्लो समय मानबिय कार्य र पानीको बहाब कम हुदै गएपछि शहरको माझमै बग्ने धोबीखोला, बागमती, विष्णुमति लगायतका नदिहरु प्रदुषित बन्दै गएका छन् । बर्खा याममा भयभित बनाउने खोला, हिउँदमा प्रदुषित पानी मात्र बगेको देख्न सकिन्छ। पानीको बहाब कम भएपछी बागमतीमा मेलम्चीको पानी हाल्ने गरिएको थियो।
काठमाडौँको कपन, सेतोपुल, अनामनगर हुदै थापाथली बग्ने धोबीखोला अहिले प्रदुषित छ। बाटो हिड्ने बटुवालाई पनि ढलमिस्रित गन्धले आजित हुने गरेको महशुस गर्न सकिन्छ।धुलो-धुँवा र प्रदुषित पानीले प्रदुषणको मात्रा बढ्दै गएको छ।
केहि समय अगाडी उच्च प्रदुषणको कारणले आखा पोल्ने, घाँटी दुख्ने जस्ता समस्या उत्पन्न भएका थिए। काठमाडौँ महानगरपालिकाले दिनहु सरसफाई र सडकमा धुलो नउड्न पानी छ्याप्ने गरेको भएपनि प्रदुषण सुचाङ्कको टपटेनमा पर्न सफल भएको थियो भने वर्षा यता केहि मात्रामा कम भएको छ।पुष्प अर्थात फुलले जो-कोहिको मन कपोकल्पित नबनाउने कुरै भएन।
जब खोला करिडोरमा सबार गरिन्छ त् दुर्गन्धित खोलाको गन्ध संगै विभिन्न मनमोहक पुष्पको पनि दृष्यांकन गर्न सकिन्छ।


