कृतिम बौद्धिकताको आविष्कार झण्डै ७० वर्ष अगाडि भएको देखिन्छ । सन १९५६ मा म्याककार्थि नाम गरेका २८ वर्षिय गणितका विधार्थिले खोज गरेका थिए । मान्छेको जस्तै बौद्धिकता विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ म्याककार्थिले सुरु गरेका थिए उनि लगाएत ४ जनाको सहभागिता रहेको थियो । इन्टरनेटको बढ्दो प्रभावले मानीसको जिवनमा ठुुलो योगदान पुर्यायको छ । आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, पुँजिवादी युगबाट पनि अगाडि बढ्दै छ २१ औँ सताब्दीको प्रारम्भमा मान्छे कृतिम बौद्धिकताको युगमा आइपुग्यो । अहिलेको सबैभन्दा ठुलो सवाल भनेको कृतिम बौद्धिकता अर्थात एआई ओडारमा बसोवास गर्ने मान्छे पहिलो पटक कृर्षि गर्न थालेको करिब १२ हजार वर्षमै कसरी आर्टिफिसियल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) को युगमा आईपुग्यो ? भन्ने सवालको जवाफ खोज्न करिब १२ हजार वर्षको इतिहास र विकासक्रम र वैज्ञानिक प्रकृया बुझ्नु पर्ने हुन्छ । इतिहास तथ्य र वैज्ञानिक प्रकृया नबुझ्ने मान्छे आम साधारण मान्छे नै हुन । प्राय : आम साधारण मान्छे बन्न पुग्नमा शाषक वर्ग बढी जिम्मेवार छ । किनकि शाषक वर्गले शिक्षा र कानुनका नाममा शिक्षामा गलत र अवैज्ञानिक शिक्षा र ज्ञान समावेश गर्याे । जस्तै : धर्मका नाममा अवैज्ञानिक अफवाह फैलाउदा देश मात्र वर्वाद भएन मान्छे पनि निरीह बन्न पुग्यो । कृतिम बौद्धिकता आई सक्दा पनि त्यसलाई प्रयोग गर्न नजान्ने आम साधारण मान्छेहरु थुपै छन । मान्छे वा प्राणी संग आ आफ्नै जैविक बौद्धिकता हुन्छ । मान्छेले जस्तै आविष्कार र विकास गरेको जस्तै गर्ने प्रविधिलाई कृतिम बौद्धिकता भनिन्छ ।
तपाई कुनै कुराको जानकारी लिन चाहानु हुन्छ भने ईन्टरनेटमा खोज्नु हुन्छ तपाईको हातमा भएको स्मार्ट फोनले सेकेण्डभरमा जानकारी दिन्छ । यस्ता तमाम कुरा हरु छन । चालकरहित कार जस्तै : कल्पना गरौँ त । तपाई राति पार्टी बाट घर फर्किनु पर्ने छ । सडक अध्यारो छ । पानी परिरहेको छ । तपाई थकित हुनुहुन्छ । तपाईले कारलाई भन्नु हुन्छ मलाई मेरो घर पु¥याइदे । चालक रहित कारले तपाईको घरको गेटमा लगेर छोडिदिन्छ । यस्ता थुपै उदाहरणहरु छन विकसित देशहरुमा ट्राफिक को काम एआईले गरिरहेको छ । यसलाई एआईको भाषामा मेसिन लर्निङ्ग भनिन्छ । सवारी साधन मात्र हैन । रोबटले अन्तरिक्षको अन्वेषण गरिरहेको छ । मानव सभ्यतालाई आजको विज्ञान प्रविधिको युगमा ल्याउन तिनै सिमित मान्छेको मात्र योगदान छ । जसलाई हामि दार्शनिक, वैज्ञानिक, र परिवर्तनका बाहक भनेर चिन्छौ । आज मानव सभ्यता जहाँ आईपुगेको छ यसमा हाम्रो वा साधारण मान्छेको के योगदान छ ? हामि केवल खान, सुत्न, उठन, फेरी पनि खान र निरन्तर खाईरहन मात्र जन्मिएको हो ? पक्कै पनि होइन । होइन भने धेरै ठुलो काम गर्न पर्दैन, केवल आफुले आफैलाई प्रश्न गर्नसके पुग्छ ।’ (एन्टिथेसिस पृष्ठ ५०)
आजको युग प्रविधिको युग हो । हाम्रा दैनिक जीवनका धेरैजसो पक्षहरूमा कृत्रिम बुद्धिमत्ता Artificial Intlleigence ( AI ) को प्रभाव बढ्दै गएको छ । मोबाइल फोनदेखि गाडी, शिक्षादेखि स्वास्थ्य सेवा, व्यवसायदेखि सामाजिक सञ्जालसम्म, एआईको प्रयोगले मानिसको जीवनशैली नै परिवर्तन गरिरहेको छ । एआई एउटा यस्तो प्रविधि हो जुन कम्प्युटर र मेसिनलाई मानिसजस्तै सोच्न, बुझ्न, निर्णय गर्न र सिक्न सक्षम बनाउँछ । यसको मुख्य उद्देश्य भनेको मानिसको बुद्धिलाई नक्कल गर्ने प्रणाली बनाउनु हो । उदाहरणका लागि, जब तपाईंले स्मार्टफोनमा कुरा गर्नुहुन्छ र तपाईंको आवाजलाई फोनले बुझेर जवाफ दिन्छ, त्यो एआईकै प्रयोग हो । एआई बुझ्नका लागि केही आधारभूत अवधारणाहरू बुझ्न आवश्यक छ । जस्तै — मेसिन लर्निङ Machine Learning डीप लर्निङ Deep Learning न्यूरल नेटवर्क Neural Networks आदि यी सबै एआईका अंगहरू हुन मेसिन लर्निङले एआईलाई अनुभवका आधारमा सिक्न सघाउँछ, भने डीप लर्निङले जटिल जानकारीको विश्लेषणमा मद्दत गर्छ । एआईले रोजगार, शिक्षा, राजनीति, सुरक्षा लगायत धेरै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । त्यसैले यसप्रति जागरुक हुनु, एआईको नैतिकता, यसको सीमाहरू, र उपयोगिता बुझ्नु महत्त्वपूर्ण छ । एआईलाई बुझ्नका लागि डराउनु पर्दैन । यसलाई चाख र अभ्यासबाट सिक्न सकिन्छ । जसरी हामीले कम्प्युटर चलाउन, मोबाइल चलाउन सिक्यौं, त्यसैगरी एआई पनि सिक्न सकिन्छ । तर एआइलाई नसिकि नबुझि अबको पुस्ताले धरै छैन । अनिवार्य आवश्यक नै भैसकेको छ । किनभने एआई भविष्य होइन, वर्तमान हो । एआईलाई बुझ्नु भनेको भविष्यलाई अँगाल्नु हो । वर्तमान बाट भाग्न सकिदैन त्यसकारण एआइको विषयमा व्यापक बहस छलफल र अन्रकृया गर्न अहिलेको आवश्यक्ता हो ।
निश्कर्ष
कुनै पनि चिज आफैमा असल र खराब हुदैन जस्तै उदाहरणका लागि पानीलाई लिन सकिन्छ । यदि पानी गिलासमा हालेर खायो भने त्यसले प्यास मेटाउछ तर त्यहि पानी समुन्द्रमा खान गयो भने त्यसले ज्यान समेत लिन सक्छ । त्यसको प्रयोग गर्ने मा भर पर्छ । नियन्त्रित आगोलाई खाना पकाउन प्रयोग गरिन्छ भने अनियन्त्रित आगोले ज्यान समेत लिन सक्छ जस्तै : २०२५ को जनवरी महिनामा क्यालिफोर्नियामा लागेको आगोको कारण कम्तीमा ३० जनाको मृत्यु, ३१ जना भन्दा बढी बेपत्ता, सुरक्षित स्थानमा सारिएका मानिसहरू : २००,००० भन्दा बढी जलेको, जमिन करिब ५७,००० एकड नष्ट, क्षतिग्रस्त संरचनाहरू १८,१८० भन्दा बढी र आर्थिक क्षति अरबौ डलर भएको छ । आगो सेवा की समस्या नियन्त्रण भन्दा बाहिर कुनै पनि कुरा समस्या बन्न सक्छ । कृत्रिम बौद्धिकता न त शुद्ध रूपमा चुनौती हो, न त केवल अवसर । यो हाम्रो प्रयोग गर्ने तरिकामा निर्भर गर्छ । यदि एआईलाई सही नियमन, नैतिक मापदण्ड, र सामाजिक उत्तरदायित्वसहित प्रयोग गरियो भने, यसले मानव सभ्यतालाई नयाँ उचाइमा पुर्याउन सक्छ । तर बेपर्वाह प्रयोगले गम्भीर चुनौती निम्त्याउन सक्छ । सही नीतिहरू, शिक्षा र चेतनासाथ एआईलाई अवसरको रूपमा रूपान्तरण गर्न सकिन्छ । भविष्य हाम्रो हातमा छ—एआईलाई सेवा बनाउने कि समस्या, त्यो प्रयोग कर्ताले तय गर्ने कुरा हो ।