कालिकोट । नेपाल कम्युनिस्ट पार्टी कालिकाेटले जिल्लाकाे पलाँता गाउँपालिका २ लार्पमा भएको ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाउने प्रति दुःख व्यक्त गरेको छ ।
साेमबार जिल्ला इन्चार्ज विवेक सी र सेक्रेटरी बलवान् सीले संयुक्त शाेक व्यक्तव्य जारी गर्दै आइतबार राति पालाँताकाे थिर्पु देखि खिन जादै गरेको ट्याक्टर पलाँता गाउँपालिका – २ लार्पमा दुर्घटना हुदा चालक सहित मृतक चार जना प्रति दुःख व्यक्त गर्दै घरपरिवारमा समवेदना प्रकट गरेका हुन ।
जारी वक्तव्यमा भनिएको छ, ‘घटना स्थलमा मृत्यु हुनेमा पलाँता गाउँपालिका ४ छलाहाँका ४२ वर्षकी सद् बुढा, पलाँता ४ छलाँहाका २२ वर्षीय रविन्द्र विक, पलाँताँ ५ कि ३२ वर्षीय अम्मा शाही (बम) ट्याक्टर चालक मुगु जिल्ला खत्याड गाउँपालिका ५ का चन्द्रप्रकाश रोकायाको मृत्यु भएको दुखत घटनाले हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कालीकोटलाई स्तप्त बनायको छ ।’
राज्य, सरकार र निर्माण व्यावसायीको सडक निमार्णमा मापदण्ड विपरित जथाभावी, मनोमानी तरिकाले गैर जिम्मेवारी सडक निर्माणको कारण पलाताँमा महिनै पिछे दुर्घटना हुने र जनताको ज्यान लिने ज्यानमारा रोड भएको नेकपाले आराेप लगाएको छ ।
नेकपा कालिकोटले दुर्घटना न्युनिकरणमा सरकार सरोकारवाला पक्ष बेखबर जस्तो देखिने गरेको भन्दै जिल्ला प्रशासन र गाउँपालिकाको गैरजिम्मेवार कार्यले वर्षेनी नागरिकले ज्यान गुमाउनुपरेको भन्दै सडक दुर्घटना न्युनिकरणमा सराेकारवालका ध्यानाकर्षण गराएको छ ।
