काठमाडौं । डिजिटल वालेट इसेवा बाट १ करोड २ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन ।
स्मार्ट चोर २२ वर्षीय राहुल बुढालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
द अलर्ट मेसेज पठाउने र तपाईंको आइडी सस्पेण्ड हुन लागेको छ भनी प्रयोगकर्तालाई भेरीफाईका लागि भनेर इसेवामा अनधिकृत पहुंच पुर्याउँथे प्रहरीका अनुसार ४ हजार प्रयोगकर्ता को रकम चोरी गर्न सफल भएका थिए।
उक्त रकम पशुपति ग्लोबल इनोभेशन प्रा.ली. को खातामा ट्रान्सफर गरेका थिए। उनलाई काठमाडौंको कालिबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान र कार्वाहीका लागी भद्रकालि पठाईएको छ ।