काठमाडौँ । २०८१ सालमा हालमा लागेको फिल्म ‘घरज्वाइँ’ नयाँ सालको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको छ। बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत फिल्म रिलिज गरिएको छ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर प्रमुख भूमिकामा रहेको फिल्मले सर्बाधिक आम्दानि गरेको थियो। फिल्मका निर्माता जनक घर्ती मगर हुन्। उनको यो पहिलो फिल्म हो।
युट्युबमा सार्वजनिक गरेको ५ घण्टामा नै दुई लाख भ्युज कटिसकेको छ। गत बर्ष हलमा नै ‘घरज्वाइँ’ ले मनग्य आम्दानि हात पर्न सफल भएको थियो।