नेकपा बागलुङले भ्रष्टाचार र विकृतिविरुद्ध अभियान चलाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बागलुङ जिल्ला समितिको सोमबार बागलुङ बजारमा भएको बैठकले भ्रष्टाचार विरुद्ध जनदबाबमूलक संघर्ष गर्ने भएको छ ।

प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य उमा सी शिलुको प्रमुख आतिथ्यतामा भएको बैठकले नेताहरू प्रसिद्ध सी र प्रकाशलाई जिल्लाबाट गण्डकी प्रदेश कार्यालयमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

जिल्ला सचिव भिमकर्णको अध्यक्षतामा बसेको चौथो जिल्ला बैठकमा पिबिएम तथा जिल्ला इन्चार्ज आजाद सीले कार्यक्रमिक योजनाहरु प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार