प्रधानमन्त्रीले देशमा व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आइरहेको बिषयलाई प्रस्फुटन गराउनु कुनै नौलो कुरो होइन।
बालेन्द्र शाहको इखले हो या सम्माननीय प्रधानमन्त्रीको भन्ने बिषय एकिन छैन, कथा निकै चर्चित छ। अस्ति मात्र काठमाडौं महानगरले भब्य रुपमा आफ्नो स्थापना दिवस मनायो तर प्रधानमन्त्रीलाई मुख्य अथितीका रुपमा निम्तो गरेन बरु उप राष्ट्रपति राम शहाय यादबलाई बोलाएर कार्यक्रम सम्पन्न गर्यो। ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले देश फड्को मार्दै गएको बताए ।
नेपालमा पहिले जस्तो जीविकाका लागि भारी नै बोक्नुपर्ने र चर्को शारीरिक श्रम गर्नुपर्ने बाध्यतामा धेरै कमी आएको पनि प्रधानमन्त्रीले बताए ।
अहिले निर्यात पनि बढेको छ ।अर्थतन्त्रको आकार पनि बढेको छ। विदेशी मुद्रा सञ्चिति पनि बढेको छ’, उनले थपे, ‘अवस्थामा परिवर्तन आएन भन्ने होइन, नेपालीको सरदर आयु कुनै बेला ४२ थियो, त्यो बढेर ४९ हुँदै ७२ पुगिसकेको छ ।’
उनले बताए ‘अहिले विरामी पर्दा स्वास्थ्य उपचार हुने गरेको छ । नेपालमा महत्त्वपूर्ण अंगको ट्रान्सप्लान्ट हुने गरेको छ’, ‘मेरै कुरा गरौँन । किड्नी ट्रान्सप्लान्ट गर्ने सु्विधा नभएको मेरो त अस्ति साउनमै १८ औँ पुन्य तिथि भइसक्थ्यो । पहिलो पटक ट्रान्सप्लान्ट गर्न नेपालमा सुविधा नहुँदा भारत गएँ । १३ वर्षपछि मैले नेपालमै ट्रान्सप्लान्ट गरेँ ।नेपालमै ट्रान्सप्लान्ट गर्दा सजिलो छ । औषधोपचारदेखि डाक्टरको फलोअपमा अस्पताल जान पनि सजिलो छ । दोस्रो पटक ट्रान्सप्लान्ट नेपालमै गर्दा मलाई सजिलो भएको छ । औषधि खान पनि अर्को देशतिर जानुपर्दैन ।’