रेमिट्यान्स बढ्यो रे!

आहा! मेरो देश,
रेमिट्यान्स बढेको तथ्यांक गर्व साथ प्रकाशन गर्छ,
सुन्दा पनि प्रेसर नै गायब हुने,
तीन महिनामा चार खर्ब सात अर्ब भित्रियो,
सेतो सर्ट र निलो पाईन्टमा सजिएका कर्मचारीलाई सरकारले कहाँ बाट तलब बितरण गरिरहेछ,
पत्तो छैन
यहाँ
तास आयात गरिन्छ, कर ठोकिन्छ अनि जुवाडेलाई झ्यालखाना कोचिन्छ,
बिध्यालय भन्दा कन्सल्टेन्सीको धन्दाले मनग्य आम्दानी हुन थालेको छ,
तेसैले बुवा मास्टर भए छोरो बागबजारको कुनामा
ताम्झामको बिदेश पठाउने कार्यालय खोलेर बस्छ,
२ किलोमिटरको दूरीमा रहेको बिद्यालय बिद्यार्थी घट्छ भनेर चिन्ता लिन्छ,
एउटै घरमा १० वटा कन्सल्टेन्सी देखिन्छ,
उसलाई ब्यापार घट्ला भन्ने डर, चिन्ता छैन,
देश कति बेला श्रीलंकाको बाटो तर्फ लाग्ने हो पत्तो छैन,
बच्चाहरु कता छन? भन्दा नेपालमै छन भन्न अफ्ठ्यारो मान्न थालिसके नेपाली अभिभावकले,
तेसै होइन वृद्धआश्रमहरु खुल्न थालेका,
१२ सम्म होस्टेल अनि त्यसपछि बिदेश,
दुईपक्ष बिच सद्भाबको कमिले गर्दा आज मृत्युको पनि मोलमोलाई हुने गरेको छ रे,
छोरो जागिर (जा अनि गिर) खान्छ,
बाउआमा हेर्ने सुसारेको प्रबन्ध अगाडी नै गरिसक्छ,
परिवारको भन्दा तनाब कार्यलयको लिदै जिन्दगी बित्छ,
सन्ततीको मात्र एकोल्टो गल्तीले एकहातले ताली बज्दैन झै बुजिन्छ,
अभिभाबक पनि बरु होस्टेल राख्न पाए सन्तोष मान्ने अधिक छन,
हामी नेपालीमा नै नेपालीपनको अनुभूति दिलाउन सक्ने सामर्थ्य छैन,
नेपाली हू भनेर गर्बका साथ भन्छ,
त्यस्लाई कलम-कापी दिएर एउटा निबेदन लेख्न लाउने हो भने हिच्किचाउदै पन्छिन्छ,
अनि बिलाउदै गएका पुराना धनमालहरु,
मोर्डन पुस्तालाई लागेको मोर्डनिजम,
यहाँ दूध डेरी लुक्न थाले,
मदिराका दोकान भब्य सजिन थाले,
टालेका बस्त्र लाए, गरिब कहलिन्थे,
त्यसलाई ग्रन्चमा यहि पुस्ताले परिणत गर्यो,
तेसो हो त,
सुधामा पत्नी पनि द्वापरयुगको ग्रन्च डिजाईनर पो रहिछिन!
अहिलेको पुस्ता बाबू दूध कहाँ उत्पादन हुन्छ भन्ने प्रश्नमा,
उसको उत्तर सिधै डेरीमा भन्ने आउँछ,
ढुङ्गाको घट्ट पछिल्लो पुस्ताले किताबमा मात्र देख्न पाए,
बिधुतिय मेलले बजार खायो,
ढिकी, जातो हेर्न कहाँ जाने भन्दा सामाजीक बिषयको पाना न एति भन्ने उत्तर उत्पन्न हुन्छ,
नहुनु नि कसरी?
न देख्न पाए, न त्यो पर्यायवरणमा घुल्मिल हुन पाए,
शहरिया पढाई बिहानै गेटमा गाडी कुरिरहेको हुन्छ
कति बेला आउला र बिद्यालयको कक्षामा ८ बिषयको अमृत पिलाउन भनेर,
गुरुहरु प्रतीक्षामा हुन्छन,
ढोकामा तैनाथ गर्ने कुकुर उर्फ स्वान आज ओछ्यानमा लम्पतार देखिन्छ,
अनि मान्छे `गार्ड´ कहलिदै ढोकामा उभिन्छ,
बाउको कुखुरो चिकेनमा परिणत भयो,
जिबनभर नछोएको बुङुर,

इट्स पोर्क भन्दै छोरो बासको काटा घोच्छ,
यहि रहेछ नयाँ चलन ।
पितायुग पनि रेस्टुरेन्टको चिसो कफिमा रम्मिए,
वहाँ! सन्तती बिदेशिए, मासिक आम्दानीको आश,
गमक्क पर्दै रेमिट नम्बर र नागरिताको साथमा
बुट्टे सारी धल्काउदै आमा पैसा झिक्न पुग्छिन,
वा, रेमिट्यान्स बढ्यो रे!

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार