एउटै व्यक्तिको ७५ वटा बैंक खाता र १२८ इ–वालेट अनलाइनमा ५५ करोडको जुवा खेलाएको आरोपमा समातिए सुनिल

अनलाइनमा ५५ करोड बराबरको जुवा तथा सट्टेबाजीको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचथरको मिक्लाजुङ–७ घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनिल राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उनको ७५ वटा बैंक खाता र १२८ वटा इ–सेवा वालेट रहेको प्रहरीले जनाएको छ । विभिन्न व्यक्तिको नाममा बैंक खाता तथा इसेवा वालेट खोलेर समेत उनले अवैध कारोबार गर्दै आएका थिए ।

उनको मोबाइलमा बाइनान्स एप समेत भेटिएको र त्यसमार्फत समेत ६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीबाट ११ वटा नागरिकता, १५ वटा राहदानी र मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार