म कुनै लेखक होइन तर लेख्न रुचाउछु

अक्सर म प्राय मानिस सङ्ग भेट्दा केही कुरा जान्न चाहन्थे जस्तै उस्को जीवनी अनि उस्को सोचाई अनि उस्को सपना आखिर ऊ कस्तो खालको मान्छे हो । उसको समस्या उसको भोगाइ अनुभव धेरै कुरा बुझ्न चाहन्थे । अनि म अलि बढी नै कुरा जान्न इच्छुक हुन्थे केहि मान्छेका कुरा मज्जाले सुन्थे भने केही मान्छेका नकारात्मक कुरा सुन्न रुचाउँदैन थिए। मलाई निकै पछुतो हुन्थ्यो यो मानिसलाई किन मैले बढी बोल्न दिएको होला । भनेर पछुतो लाग्थ्यो र अब यस्तो गल्ती नगर्ने भन्ने सोच्थे आखिर मानिस कस्तो स्वभाव को हो भनेर कसरी बुझ्ने मानिसलाई बुझ्न म निकै ठूलो तनाव वा प्रेसर लिन्थे र जज गर्थे अनि लगभग कुरा कसैसँग मिल्दैन थियो कुरा मिल्ने सङ्ग व्यवहार मिल्दैन थियो व्यवहार मिल्ने सङ्ग कुरा मानिस सही छ मेहनेती छ इमानदार छ तर कुरा बाङ्गा गर्थ्यो र मलाई त्यो कुरा मन पर्दैन थियो ।

त्यसैले मानिस जस्तो पनि हुने रहिछ ठ्याक्कै मानिस यस्तै हो भन्न नमिल्ने रहेछ भन्ने कुरा अलि ढिला भए पनि बुझ्न थाले कसैलाई कसरी जज गर्ने कुन आधारमा जज गर्ने मानिसमा दुइटा पाटा हुन्छन सकारात्मक र नकारात्मक अब उसलाई सही वा गलत के बुझ्ने कुनै काम सही गर्छ त कुनै गलत गर्छ । म मानिसलाई धेरै प्रश्न गर्थे र उसको निधार बाट पसिना आउँथ्यो र कोही त रिसाउँथे रातो मुख गर्थे र मैले अलि हाइट बाटै सोधेकी के हो भन्ने लाग्थ्यो र यो मान्छेको हैसियत यो भन्दा बढी नरहेछ भन्ने बुज्थे । म यति कुरा सोच्थे की जब म कुनै मान्छे सङ्ग कुरा गर्थे तब मलाई लाग्थ्यो केही नयाँ कुरा गर्नु पर्छ नयाँ कुरा सिक्न पर्छ म कुरा गर्न बढी रुचाउछु तर कसैको समय हुँदैन थियो कसैको त्यो कुरा मा चासो वा मतलब हुँदैन थियो । म कुरा घुमाएर यस्तो जोनमा लाग्थे जहां अलि अपत्यारिला अलि उटपट्याङ यस्तो कुरा कमै मानिसले गर्छन होला । यस्ता कुरा मानिसलाई चासो वा मतलब हुँदैन थियो र म कल्पना का कुरा गर्थे अलि अलि कसैका उदाहरण सापटी लिएर मैले कल्पना गरेको कुरा सुनाउँथे र त्यो कुरा मान्छे लाई अलि पत्यार लाग्दैन थियो ।

म केही कुरामा दोस्रो मानिस या त बोलोस या त सुनोस भन्ने चाहन्थे तर मानिस धेरै बोल्ने मुड मा हुदैन थिए किन हो मलाई थाह छैन जटिल विषय प्रवेश हुन्थ्यो अनी एक हिसाबले हैरानी हुन्थ्यो दिमाग लाई अलि दुःख झेल्नु पर्ने हुन्थो। त्यो कुरा धेरै टिक्दैन थियो केहि बेर मै नर्मल हुन्थ्यो र त्यो विषयमा धेरै जानकारी र चासो नभएकाले कुरा अगाडि बढ्दैन थियो र धेरै बहस हुँदैन थियो । दोस्रो मानिसले घुमाएर आफ्नो भाव राख्थ्यो की मलाई यो कुरामा चासो छैन। अब मैले पनि त उस्को इच्क्षा विपरीत बोल्न भयन । त्यसैले म आफ्नो कुरा धेरै मानिस लाई सुनाएर साध्य छैन भन्ने मा पुगे र लेख्न थाले यो कुरा अलि गम्भीर र व्यवस्थित हिसाबले प्रस्तुत गर्नु पर्छ भन्ने ठाउँमा पुगे र यस कारण म लेख्न रुचाउछु । दुनिया मा मानिस को सबै भन्दा राम्रो गुण भनेको सकारात्मक सोच हो । तपाईंको सकारात्मक सोच भन्दा ठूलो गुण अरु हुनै सक्तैन किन भने मानिस जे सोच्छ त्यही गर्न रुचाउँछ र परिणाम पनि त्यही निस्किन्छ । त्यसैले चिन्तन मनन जो कोहीले गर्दैनन सीमित मान्छे ले गर्छन । हो म त्यही सीमित मानिसको समूहमा बस्ने कोशिश गर्दैछु । म लेखाइमा नर्सरी पढ्दैछु सिक्दैछु, ” म कुनै लेखक होइन तर लेख्न रुचाउछु।”

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार