शिक्षा नीतिलाई गिज्याईरहेको गोल्मेश्वरी

२००८ साल देखि बिद्यालयको मुख्य पदमा कोको बसे कसैले त्यसको पदोन्नतिको बिषयलाई चासोमा नराखेको देखिन्छ। उक्त बिद्यालयबाट अवकाश भएका प्राय: शिक्षक पेन्सन खादै भएपनि बिधालयको भबिष्यको बिषयमा कुनै पहल नभएको अनुमान गर्न सकिन्छ।
विद्यानाथ कोइराला, शिक्षाविद्का अनुसार “शिक्षकलाई परिचालन नगरीकन शैक्षिक अवस्था सुध्रिदैन । शिक्षकलाई परिचालन गर्न ३ वटा काम गर्नुपर्यो । पहिलो तलब बढाउनुपर्छ । दोस्रो हौसला बढाउनुपर्छ । तेस्रो तालिम, प्रशिक्षण दिएर योग्य बनाउनुपर्छ।”तर गोल्मेश्वरी आधारभूत बिद्यालयमा भने सिमेन्टको अग्लो भवनले टहरालाई जिस्क्याईरहेको देखिन्छ। अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारी नौलो अनुहार होइन तर वडा नं ६ का अध्यक्ष भने परिवर्तन भए। मान बाहादुर तामाङले पहिलो कार्यकाल खाए भने वर्तमान वडा-अध्यक्ष नारायण भट्टराई छन्। काम के कति भयो फिल्डमा प्रत्यक्ष देख्न सकिन्छ। बिधार्थी टहरामै पढ्न बाध्य छन्। त्यतिमात्र होइन २००८ सालमा स्थापना भएको आधारभूत बिद्यालयबाट कयौ शिक्षक अवकाश भएर पेन्सनधारी भईसकेपनि बिद्यालयको भबिष्यको बारेमा कसैले पहल नगरेको अनुमान गर्न सकिन्छ।
बिद्यालय र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारीको निवास नजिकै पर्छ। पालिकाको जिम्मेवार व्यक्तिको एरियामा नै अग्लो भवनले टहरालाई गिज्याईरहेको देख्दा शिक्षण क्षेत्र प्रति गाउँपालिका नै कमजोर देखिएको छ। तलब-भत्ता प्राप्त गर्ने शिक्षकबाट पनि पहल हुनु आवश्यक छ तर खासै पहल भएको देखिदैन।
कुनै पनि शैक्षिक संस्थालाई सफल, गुणस्तर, र आधुनिक समयमा प्रतिस्पर्धी  बनाउन प्रशासक र संचालकले नि: सन्देह आडम्बरी ढंगले छोडेर सल्लाहकारले  दिएको सल्लाह- सुझावहरु मनन गरी अत्याधुनिक सीप र कलामा ध्यान दिए अवश्य केही परिवर्तन त हुने नै थियो तर नेपालमा अझै बुबाले पढेको कथा छोरा पनि तेइ पाठ्यक्रम पढेर परिक्षा दिन्छ।
फिनल्याण्ड सबै भन्दा गुणस्तर शिक्षा प्रदान गर्ने पहिलो देश बन्यो, आखिर के को करणले? पक्कै शिक्षा प्रति लगाम र अथाहा मेहेनतले नै होला।
गुगलका अनुसार लक्जमबर्ग र स्विट्जरल्याण्डमा शिक्षकलाई सबैभन्दा बढी तलब बितरण गरिने रहेछ।
एकपटक जापानको रेलवे कम्पनीले यात्रुको संख्या घट्न थालेपछि सेवा बन्द गर्ने निर्णय गरेछ। तर एकदिन स्टेसन म्यानेजर अनुसन्धान गर्ने क्रममा एकजना बिधार्थी प्रत्येक दिन सोहि स्टेसनबाट आवत-जावत गर्ने गरेका रहेछन। एक जना बिधार्थीको सुबिधाको लागि रेल्वे कम्पनीले लिएको निर्णय रद्द गर्यो। जापानमा शिक्षण पेशालाई अथाहा सम्मान गरिदो रहेछ भन्ने उदाहरण।
उद्घाटनको तयारीमा भनौ भने भवन निर्माण सम्पन्न भएको छैन, काम हुदै छ भनौ भने ढलानको काम मात्र सकिएको विश्वदृष्टिकोणकर्मीले बताए।
विद्यालय उमेरका सबै बालबालिकाहरुलाई विद्यालय ल्याउने, सिकाउने र टिकाउने कार्यलाई प्रोत्साहनमुलक कार्यक्रम सहित अभियानका रुपमा दिनहुँ विद्यालय जाउँ पुरस्कार पाउँ भन्ने कार्यक्रमहरु संचालन गरिनेछ । शून्य ड्रप आउट बनाउने अभियान संचालन गर्दै अभिभावक सचेतना सम्बन्धी कार्यक्रमहरु पनि संचालन गरिनेछ भनेर शिक्षा नीतिमा बताईएको छ तर कक्षा ९ देखि माथि बिद्यालय र कार्यपालिकाको दूरी अनुमान गर्ने हो भने बिधार्थी काठमाडौँ आएर अध्ययन गरौ भन्ने मनोभाब जाग्न सक्छ।

गाउँपालिकाको शिक्षा नीतिमा के छ?
❖ शिक्षाको गुणस्तर वृद्धि गर्न प्रधानाध्यपकहरुसँग कार्य सम्पादन सम्झौता गरी सोही आधारमा विद्यालयको कार्य सम्पादन मापन गरी विद्यालय जाने अनुदानलाई निर्धारण गरिनेछ । साथै प्रधानध्यापकले सबै शिक्षकहरुसँग कार्य सम्पादन सम्झौता गर्नुहुनेछ ।
❖ शिक्षा शाखाले प्रधानध्यापकसँग, प्रधानध्यापकले विषय शिक्षकसँग र शिक्षकले विद्यार्थीसँग सिकाई उपलब्धी बनाई छनौट गरी प्रोत्साहन गरिनेछ ।
❖ विद्यालयमा दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनमा जोड तथा प्रयोगमा बढावा दिई गैरस्वास्थ्यजन्य खानालाई पूर्णत निषेध गरिनेछ । विद्यार्थीहरुमा मदिरा सेवनको असर र समाजमा यसको प्रयोगमा कमी ल्याउन सचेतना कार्यक्रमहरु संचालन गरिनेछ । दिवा खाजा कार्यक्रमलाई कृषि सहकारी संस्था मार्फत संचालन गरिनेछ । कृषि सहकारीलाई भूगोलको अवस्था तथा दुरी हेरी ढुवानीमा सहयोग गरिनेछ । दिवा खाजा व्यवस्थापनको लागि फोकल शिक्षक, गुनासो सुनुवाई शिक्षक र गुनासो पेटिका अनिवार्य रुपमा
राखिने व्यवस्था गरिनेछ ।
❖ सिर्जनात्मक नव प्रर्वतन गर्न विद्यार्थी र उच्च शिक्षा गर्ने तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार, अनाथ विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
❖ विद्यालयमा संचालित मातृभाषा गोम्पा शिक्षा अध्यापन गराईरहेको शिक्षकलाई दिदैँ आएको मासिक सुविधामा रु.५००० ले वृद्धि गरिनेछ । साथै स्थानीय पाठ्यपुस्तकलाई कक्षा ८ सम्म पुयाईनेछ ।
❖ विद्यालय समयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा मोबाईल फोनको दुरुपयोगले प्रत्यक्ष असर गर्ने हुनाले विद्यालय समयमा मोबाईल फोनको प्रयोग पूर्णत बन्द गरिनेछ ।
❖ जोखिम रहेका ३ वटा विद्यालयलाई घेराबार कार्यक्रम गर्न बजेटको व्यवस्था गरिनेछ । विद्यालय छनौट अनुगमनको रिपोर्टको आधारमा छनौट गरिनेछ ।
❖ गाउँपालिकाको एक मात्र कृषि विद्यालयको रुपमा संचालनमा रहेको क्षेत्रपालेश्वरी मा.वि.लाई आवासीय सुविधा उपलब्ध गराई विद्यार्थीहरुको संख्या वृद्धि गरिने अनुदान कार्यक्रम संचालन गरिनेछ ।
❖ लार्केमा संचालित अति दुर्गम स्थानमा रहेको विद्यालयमा भ्ऋम् शिक्षक सेवालाई विशेष सुविधा प्रदान गरिनेछ ।
❖ गणेश आ.वि., भोटेनाम्लाङ÷सातकन्यामती मा.वि., गुन्सा/कुम्भेश्वरी आ.वि., गुन्सा/गणेश आ.वि., मजुवा मा स्वयम्सेवक शिक्षकलाई केही सुविधा थप गरी निरन्तरता दिईनेछ ।
❖ संस्थागत साझेदारीमा सबै मा.वि.हरुलाई डिजिटल तथा सूचना प्रविधिमैत्री नीति अवलम्बन गरिनेछ ।
❖ विद्यालयमा विद्यार्थीहरुलाई स्वच्छ र सफा खानेपानीको व्यवस्था मिलाउन विद्यालय खानेपानी कार्यक्रमहरु विभिन्न संघ संस्था/सरोकारवालाहरुसँगको समन्वय तथा सहकार्यमा संचालन गरिनेछ ।
❖ विद्यालय मर्मत कोषलाई निरन्तरता दिईनेछ ।
❖ सिकाई उपलब्धीको आधारमा सर्वोत्कृष्ट शिक्षक पुरस्कार कार्यक्रम संचालन गरिनेछ ।
❖ विद्यालय उमेरका सबै बालबालिकाहरुलाई विद्यालय ल्याउने, सिकाउने र टिकाउने कार्यलाई प्रोत्साहनमुलक कार्यक्रम सहित अभियानका रुपमा दिनहँु विद्यालय जाउँ पुरस्कार पाउँ भन्ने कार्यक्रमहरु संचालन गरिनेछ । शून्य ड्रप आउट बनाउने अभियान संचालन गर्दै अभिभावक सचेतना सम्बन्धी कार्यक्रमहरु पनि संचालन गरिनेछ ।
❖ आधारभुत तह कक्षा ८, कक्षा १० र कक्षा १२ मा उत्कृष्ट हुने छात्र÷छात्रा, शिक्षक र विद्यालयलाई सम्मान गरिनेछ ।
❖ गाउँपालिकाको ठूलो विद्यालय थाङपाल भ्याली मा.वि.लाई बस संचालन खर्च उपलब्ध गराईनेछ ।
❖ संस्थागत साझेदारीमा गाउँपालिका विद्यालय व्यस्थापन समिति र प्रधानध्यापकहरुलाई काम, कर्तव्य तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम संचालन गरिनेछ ।
❖ संस्थागत साझेदारीमा सम्पूर्ण शिक्षकहरुलाई सार्वजनिक बिदाको दिन पारेर क्षमता अभिवृद्धि तथा असल शिक्षण सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ ।
❖ पाँचपोखरी सिकाई मेलालाई निरन्तरता दिई शिक्षा पर्यटन अभिवृद्धि गरिनेछ ।
❖ संस्थागत साझेदारीमा बालविकास सहजकर्ताको क्षमता विकास गर्दै लगिनेछ ।
❖ आधारभुत तह कक्षा ८ को परीक्षालाई थप विश्वसनीय तथा प्रभावकारी बनाईनेछ ।
❖ राष्ट्रपति रनिङ शिल्ड थप व्यवस्थित बनाई कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
❖ विद्यालयको लेखा परीक्षक नियुक्ति गर्दा पालिकाले सूचना प्रकाशन गरी लेखा परिक्षण शुल्क अनिवार्य रुपमा तोकिनेछ ।
❖ आन्तरिक मूल्यांकन प्रणालीलाई थप व्यवस्थि गर्न तालिम संचालन गरी प्रभावकारी बनाईनेछ । शिक्षा सम्बन्धी सम्पूर्ण तालिमको प्रभावकारिता तथा गुणस्तरीयता कायम राख्न एक अनुगमन संयन्त्र बनाईनेछ र समिक्षा बैठक राखिनेछ ।
❖ शैक्षिक सामाग्री निर्माण तथा व्यवस्थापन गरिनेछ ।
❖ पालिका भित्र अन्तर विद्यालयस्तरीय अध्ययन अवलोकन र परिचयात्मक कार्यक्रमको थालनी गरिनेछ ।
❖ नमूना विद्यालय अवलोकन अध्ययन भ्रमण संचालन गरिनेछ ।

शिक्षालाई उपेक्षा गरिएको देश कहिल्यै पनि विकासमा फड्को मार्दैन र देश सधैं सधैं गरिब रहिरहन्छ। स्थानीय तहबाट अन्य भेकका बिद्यालयमा पहल देखिएपनि कार्यपालिका कै इलाका भने नजिकको तिर्थ हेला भनेझै भएको छ। सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न एउटा प्रशासकमा  नेतृत्व कला हुनु जरूरी छ।
कुनै पनि विद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुन त्यहाँको प्रशासकको नेतृत्व क्षमता हुनुपर्छ र साथसाथै दीर्घकालीन चिन्तन हुनुपर्छ तर पालिकाबाट पेन्सन खाईरहेका शिक्षकबाट पनि कुनै आवाज नउठ्दा तर्क राख्नु पर्ने व्यक्तित्वबाट नै ध्यानाकर्षण नभएको अनुमान गर्न सकिन्छ।
हाल सम्म पाँचपोखरी थाङ्पाल गाउँपालिकामा २७ वटा बिद्यालय छन।
यो पनि:
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको केन्द्र भेकमै कक्षा ८ सम्म मात्र पढाई
आठ सालमा स्थापना, आठ सम्मै पढाई !


फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार