मंसिर ८ गते समाजवादी क्रान्तिको ऐतिहासिक दिन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले मङ्सिर ८ गते नेपाली विशेषताको समाजवाद निर्माणको थालनी भएको ऐतिहासिक दिन भएको दाबी गरेका छन ।

नेकपाद्वारा ११ औं पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले दलाल पुँजीवादसङ्गको नेपाली जनताको मुख्य अन्तरबिरोध हल गरि समाजवादी क्रान्तिको थालनी गर्न मङ्सिर ८ गते गरिएको पहलकदमी इतिहास कै महत्त्वपूर्ण बिषय भएको बताए ।

मङ्सिर ८ नेपाली जनता र देशको मुक्तिका लागि श्रमजीवी जनताको पार्टी, बिचार र संगठनका हिसाबले ऐतिहासिक दिन भएको भन्दै प्रवक्ता प्रकाण्डले सी सँस्कृति अनुसार आफूहरुले उत्साव र पर्वको रूपमा यसलाई स्थापित गर्न लागेको बताए ।

“जतिबेला देशमा राजतन्त्र थियो, त्यो बेला देशको प्रमुख समस्या सामन्तवाद र राजतन्त्र थियो तर राजतन्त्र ढलिसकेपछि देशमा जनवादी र समाजवादी व्यवस्था निर्माण हुनसकेन बरु दलाल पुँजीवाद अगाडि आयो”- प्रवक्ता प्रकाण्डले देशको अहिलेको मडारिदो संकटको अर्थराजनीतिक कारणबारे संकेत गर्दै भने -“२०६२/६३ मा तत्कालीन राजनीति दलहरुले गरेको गल्ती र अपुरो क्रान्तिको परिणामस्वरूप देश अस्थिरता,अराजकता र इतिहास कै सर्वाधिक संकटको दिशामा छ, नागरिकको जीवनस्तर निकै कस्टकर र दयनीय बन्न पुगेको छ।”

सम्बोधनको क्रममा प्रवक्ता प्रकाण्डले देशमा भ्रष्टाचार , महङ्गी, बेरोजगार लगायत शिक्षा र स्वास्थ्य क्षेत्रका समस्याहरुले डरलाग्दो परिस्थिति सिर्जना गरेको भन्दै यसको समाधान पुराना पार्टी र तिनका आर्थिक सामाजिक नीतिले संभव नहुने कुरा पछिल्ला दुई दशकयताका प्रयोगहरुले सिद्ध भैसकेको बताए।

सामाजिक अन्तरबिरोध समाधानको आवश्यकताले समाजमा राजनीतिक दलहरूको जन्म हुने गरेको विश्लेषण गर्दै बागमती प्रदेश इन्चार्ज समेत रहेका प्रकाण्डले कुनैबेला काङ्ग्रेस , एमाले ,माले र माओवादी पार्टी जनतामा लोकप्रिय र आकर्षणको बिषय भएका भएपनि देशको दलाल पुँजीवादसङ्गको बर्तमान चुनौती समाधान गरि आर्थिक सामाजिक रुपन्तरणको आबश्यकता सम्बोधन गर्ने काममा असक्षम भएकोले हाल उनिहरु घृणाको बस्तुमा परिणत भएको बताए ।

त्यस्तै प्रवक्ता प्रकाण्डले जनता र देशको सहि प्रतिनिधि गर्ने राजनीतिक पार्टी नभएसम्म देशले निकास पाउन नसक्ने निष्कर्ष सहित आफूहरुले दशकअघि मङ्सिर ८ गते एकीकृत क्रान्तिको सुरुवात गरेको बताए ।

देशमा अझै राजनीति क्रान्ति पुरा हुन नसकेकोले नेपाली विशेषताको समाजवादी क्रान्ति अपरिहार्य रहेको, राजनीति आन्दोलनसङ्गै आर्थिक क्रान्ति समेत अगाडि बढाउनु पर्ने मान्यतासहित नेपाल कम्युनिस्ट पार्टीले कृषि, उधोग र व्यापारको क्षेत्रमा समेत नयाँ आर्थिक प्रणालीको बिकास गर्न खोजिरहेको प्रबक्ता प्रकाण्डको भनाइ थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार