आज ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात हुँदै

काठमाडौँ । आज नेपालबाट ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुने भएको छ । यसको उद्घाटन भर्चुअल रूपमा  संयुक्त रूपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन ।

त्यसपछि आज राति १२ बजेसम्म नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् गएर नेपाल–बङ्गलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुनेछ ।

नेपाल, भारत र बङ्गलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बङ्गलादेशमा विद्युत निर्यात हुनेछ । तर भोलि निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार