भ्रष्टाचार विरुद्ध,रोजगारका लागि धनगढीमा युवा मार्च हुने

धनगढी । राज्यका सार्वजनिक निकाएमा बढ्दै गएको भ्रष्टाचार रोक्न र रोजगार सिर्जनाको प्रमुख मागसहित आगामी मङ्सिर ८ गते धनगढीमा युवा मार्च हुने भएको छ।नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको दिनको सन्दर्भमा नेकपा सुदुरपश्चिमले युवा मार्च सञ्चालन गर्ने निर्णय गरेको हो।

कात्तिक २५ र २६ गते कैलालीमा सम्पन्न प्रदेश सचिवालय बैठकले नेकपाले चालु आवधिक योजनामा गरेका राजनीतिक, बैचारिक , संगठन, संघर्ष र उत्पादन सम्बन्धि कामको समिक्षा गर्दै पुनर्गठन दिवसमा जिल्ला स्तरमा मङ्सिर ८ गते दिपावली लगायत रचनात्मक कामहरू गर्ने निर्णय समेत गरेको छ।

सचिवालय बैठकले प्रदेशमा बिगतमा निर्माण गरेको पार्टी योजना कार्यान्वयनमा उत्साहजनक रूपमा सफलता हासिल भएको, वर्गसंघर्षको नयाँ रुप -उत्पादन संघर्षमा पार्टी सफल हुँदै गएको ठहरसहित एमसीए प्रमुख खड्गबहादुर बिष्टलाई प्रदेश समितिको तर्फबाट दिएको चिट्ठीसँगै राष्ट्रियताको मुद्दामा संघर्ष उत्कर्षमा पुगेको मूल्याकंन गरेको छ।

त्यस्तै बैठकले प्रदेश र जिल्ला स्तरमा गरिएका कृषि लगायत उत्पादनका कामलाई ब्यस्थित गर्ने निर्णय समेत गरेको छ।

नेकपा स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रणवीर´को अध्यक्षतामा भएको बैठकमा पोलिटब्युरो सदस्य रंगनाथ ढकाल, केन्द्रिय सदस्यहरु डबल बहादुर सी, प्रकाश सी, सरिता सी, देव सी,बिमल सी, बिराट सी, एण्डिज सी, बिमल सी,कमल सी लगायतले जिल्लागत रिपोर्ट पेश गरेका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार