१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा योगदान पुर्याएको नेवाः समुदाय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवा: मण्डलकै प्राचीन मौलिक बस्ती खोकना पृथक् सांस्कृतिक पहिचान सहित स्थापित रहेको र १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवा: मण्डलकै प्राचीन मौलिक बस्ती खोकना पृथक् सांस्कृतिक पहिचान सहित स्थापित रहेको र १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

ललितपुरको खोकनामा १ वर्षसम्म चलेको १२ वर्षे रुद्रायणी मेला समापनका अवसरमा शनिबार बोल्दै प्रचण्डले नेवार संस्कृति मौलिक, पृथक्, विशिष्ट र ऐतिहासिक रहेको बताएका छन् ।

‘नेवारहरूको आफ्नै मौलिक संस्कृति छ, भाषा परम्परा त्यसभित्र पनि खोकना अझै मौलिक र विशिष्ट रहेको छ । नेवा परम्परा अनुसार यहाँहरूले रुद्रायणी देवीको र सिकाली जात्रालाई विशेष रूपमा मनाउनुभएको छ । देशभर नै फरक पहिचानका साथ १२ वर्षे मेला गर्दै आउनुभएको छ । पुरानो गणराज्यको झल्को दिने गरी जसरी यहाँहरूले आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्दता अनि सांस्कृतिक सम्पदालाई मौलिक रूपमा जोगाइराख्नका लागि सफल हुनुभएको छ । नेवा: सभ्यता संरक्षणमा यो महत्त्वपूर्ण छ नै । यसका साथै समग्र देशकै सांस्कृतिक सम्पदा संरक्षणका लागि पनि यसको महत्त्वपूर्ण योगदान रहेको छ’, उनले भने।

खोकना भुटेको तोरीको तेलका लागि पहिलेदेखि नै प्रसिद्ध ठाउ हो र पहिलोपटक बिजुली बलेको ठाउँको रूपमा प्रसिद्ध रहेको प्रचण्डले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार