ओली सरकारलाई बालेनको अर्को चुनौतीः ‘म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ’

काठमाडौं :  महानगरपालिकाका मेयर बालेन्द्र शाहले ओली सरकारलाई चेतावनी दिँदै सामाजिक सञ्जाल फेसबूकमा सरकारले आफ्नो पोस्ट उडाएको भन्दै स्टाटस लेखेका छन् ।

आइतबार बालेनले राखेको एउटा स्टाटस फेसबुकबाट हटेको थियो र स्टाटस फेसबुकबाट हट्नुको करण कम्युनिटी गाइडलाइन्समा परेपछि हटेको बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाहले भनेका थिए।

बालेनले यसअघि नेकपा (एमाले)की प्रदेश सांसद रेखाकुमारी शर्माले बालिकालाई श्रम शोषण गरेको विषयलाई लिएर फेसबूकमा प्रतिक्रिया जनाए ।

पहिल्यै देखि नै ओली-शाहको कटाक्ष विषयलाई लिएर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि प्रश्न गरे ।

के थियो बालेनको स्टाटस?

उनले लेखेका थिए, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना बालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईँको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईँको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने? कि नसमाउने?’

स्टाटस फेसबुकबाट हट्नुको करण कम्युनिटी गाइडलाइन्समा परेपछि हटेको थियो र मंगलबार बालेनले लेखेको पछिल्लो स्टाटस:

पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।
म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार