झापामा बिधुतिय कक्षाको प्रभाबले नतिजामा सुधार, सरकारले एसईईको अनलाइन कक्षा संचालन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई लक्षित गरि अनलाईन कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन् । काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको बताए ।

हाल परिक्षामा धेरै बिधार्थी असफल भए। परीक्षामा ६०-७० प्रतिशतसम्म विधार्थी उत्तीर्ण हुने गरी काम गर्ने बताए।

उनले भने, `५० प्रतिशतको हाराहारीमा मात्रै एसईईमा उत्तीर्ण हुनुु विद्यार्थी माथिको चरम अन्याय हो, यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छुु, ‘बढी नम्बर दिएर नभई विद्यार्थीले आफै राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौं ।’

गत वर्ष झापामा अनलाइन कक्षा सञ्चालन गरेका विद्यार्थीहरुको नतिजामा सुधार आएको र अब देशभर तेइ माध्यम संचालन गर्ने बताए। एसईई पछि पहिलो पटक धेरै संख्यामा बिधार्थी उत्तीर्ण हुन सकेनन। धेरै मात्रामा बिधार्थीको आत्महत्याको केश बढे संगै सरकारले एसईईबाट ग्रेडिंग प्रणाली सुरु गरेको थियो। यसपालि देखि एनजी ग्रेडिंग प्रणाली राखिएकोले धेरै मात्रामा बिधार्थी अनुतिर्ण भएका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार