पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा २ जनाको मृत्यु

गुगल

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङस्थित एक घरमा विस्फोटक पदार्थ पड्किँदा २ जना बालबालिकाको मृत्यु भएको छ।

बिहीबार दिवा समयमा करिब साढे ३ बजे विस्फोट हुँदा २ जनाको मृत्यु भएको हो।

विस्फोटक पदार्थ पड्किँदा दिलिप साँवाका २ वर्षीया छोरी प्रिन्सा साँवा र ११ वर्षीय छोरा दिप्सन साँवाको मृत्यु भएको छ।

पड्किँएको बस्तु एकिन यहि हो भन्न सकिने अवस्था नभएको र उक्त वस्तु ह्यान्डमेड ग्रिनेड हुनसक्ने आशंका गरिएको छ।

सेनाको डिस्पोज टोलिले गरेको अनुसन्धानका आधारमा मात्र यो हो भन्न सकिने अवस्था छैन र विस्फोटक पदार्थ कहाँबाट आयो भन्ने बिषयमा पनि अनुसन्धान भइरहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार