भाद्र २, काठमाडौँ । गत आर्थिक वर्ष २०८०र८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । आइतबार गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले अघिल्लो आव २०७९र८० को तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको जनाएको हो ।
राष्ट्र बैंककाअनुसार गत आवमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेशिएका छन् । गत आवमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत गरी ४ लाख ६० हजार १०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको राष्ट्र बैंकले जनाएको छ ।