रविले गरे यी कामहरुलाई पार लगाएपछि राजनीति छाड्ने सङ्केत

११  बैसाख, काठामाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अध्यादेश ल्याएरै भएपनि सहकारी पीडितको बचत फिर्ता गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार इलामको चुलाचुलीमा रास्वपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफू सहकारी पीडितको बचत फिर्ता नगरि राजनीति नछाड्ने पनि प्रतिवद्धता जनाए । ‘सहकारी बिगार्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई दुख दिनेलाई कारबाही गरेरै छाड्छौं’ उनले भने सहकारी पीडितको पैसा फिर्ता नगरिकन म राजनीतिबाट विश्राम लिन्न । तपाईहरु विश्वास गर्नुस्’ ।

लामिछानेले सहकारीको पैसा फिर्ता गराउन अध्यादेश ल्याउनेबारे प्रधानमन्त्रीसँग छलफल भईरहको पनि जानकारी गराएका छन् । ‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ,’ लामिछानेले भने ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ ’।

सहकारी ठगीको विषयमा गृहमन्त्री लामिछाने स्वयं जोडिएका छन् । उनले पोखरामा रहेको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रमलगायतबाट करोडौं रकम अपचलन गरेको आरोप रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार