
असोज ८
काठमाडौँ । ताप्लेजुङ जिल्लामा समाजवादी मोर्चा निकट राजनितिक दलहरुको बैठक सम्पन्न भएको छ ।
नेकपाको सम्पर्क कार्यलय फुङलिङमा समाजवादी मोर्चा नेपाल ताप्लेजुङ जिल्ला समिति घोषणा तथा सन्देश सभा गर्ने बैठकले निर्णय गरेको हो ।
बैठकको अध्यक्षता नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य असल सीले गरेका थिए । समाजवादी मोर्चा नेपालको ताप्लेजुङ जिल्ला समिति घोषणा तथा सन्देश सभा असोज २६ गते सिटी हलमा गर्ने बैठकले निर्णय गरेको बैठकका अध्यक्ष असल सीले जानकारी दीए ।
बैठकमा उपस्थित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सिता थेबे जिल्ला संयोजक विष्णु कुमार हाङवाङ एकिकृत समाजवादी बाट जिल्ला अध्यक्ष छिरिङ लामा, कुमार सिवा जसपा बाट जिल्ला अध्यक्ष कृतिमान मादेन नेकपा बाट जिल्ला इन्चार्ज नरपति सी लगाएतको उपस्थिति थियो ।
फेसबुक प्रतिक्रिया