गजल

• शेर ब. वि.क.

1).देश हो हाम्रो

आर्थिक करमा नै शासन सत्ता चलेको देश हो हाम्रो।

संविधान कानून नबन्दै आगो बलेको देश हो हाम्रो ।।

स-साना व्यापारीको चोरीमा होडबाजी गर्छन ।

तस्करले करोडौंको सुन छलेको देश हो हाम्रो ॥

जनकपुरधाम गई सिता लाई देवी मान्ने गर्छन यहाँ।

दिनहु अग्नि परिक्षामा चेलीहरू जलेको देश हो हाम्रो ॥

सत्ता टिकाउन व्यवस्था बदल्ने होइनन,गठबन्धन बदल्छन।

चुनावको नतिजा नआउदै, ढलेको देश हो हाम्रो ।।

आर्थिक करमा नै शासन सत्ता चलेको देश हो हाम्रो।

संविधान कानून नबन्दै आगो बलेको देश हो हाम्रो ।।

2).आउनु छ यहीँ

उर्लदो भेलको जंहार तरेर आउनु छ यहीँ  ।

सुकिसकेको बोटमा पालुवा सरेर आउनु छ यहीँ ॥

लाचार कति बने यहाँ भन्दा धिक्कार लाग्छ ।

अब त साहसले केही गरेर आउनु छ यहीँ ॥

अमर सायद हुन नसकिएला पक्कै राष्ट्रको लागि ।

देशको स्वाभिमान हेतु मरेर आउनु छ यहीँ ॥

मुना हुँदै रूख भएर फुल फुल्छन अनेक यहाँ ।

गरिबको भोक मार्न सक्ने गरी फलेर आउनु छ यहीँ ।।

उर्लदो भेलको जड़हार तरेर आउनु छ यही ।

सुकिसकेको बोटमा पालुवा सरेर आउनु छ यहीँ ॥

3).आवाज हो यो

कालो बजारी महङगी छ यहाँ, गरीबको आवाज हो यो।

समाज बाटै टाढीएका,पन्छाइएका दलितको आवाज हो यो।।

हरेक प्रकोपको लागी ऐन बने है है राहत पाउने।

समाचार र बजेट भाषणमा मात्र पाउने पडितको आवाज हो यो।।

कानून संविधानका कितावमा मात्र सिमित हुदैछन।

व्यवहारमा कार्यन्वयन गनुपर्ने निहीतको आवाज हो यो।।

चामल देखी चिनि सम्म मिसावट चल्छ यहाँ।

सत्यता र तितोपन भएको मिसावट रहित आवाज हो यो।।

कालो बजारी महङगी छ यहाँ ,गरीबको आवाज हो यो।

समाज बाटै टाढीएका,पन्छाइएका दलितको आवाज हो यो।।

4).भविष्य हौ हामी

देशलाई अन्धकारबाट निकाल्ने उज्यालो भविष्य हौ हामी ।

विद्यार्थी छौ तर राष्ट्र बनाउने सुनौलो भविष्य हौ हामी ॥

आज स-साना पाईला सुरु भएका छन यहाँबाट ।

विश्वमा देशलाई चिनाउन सक्ने चम्किलो भविष्य हौ हामि ॥

भ्रष्टचार छ अरबौको घोटाला चल्छ दिन प्रति दिन।

विकृति विसंगति हटाउने विश्वासीलो भविष्य हौ हामी।।

गल्ती हुन सक्छ विशाल नेपाल जस्तै विशालमय छ हाम्रो।

सबै बिर्सिएर सुध्रने मौका दिने फराकिलो भविष्य हौ हामी ॥

देशलाई अन्धकारबाट निकाल्ने उज्यालो भविष्य हौ हामी।

विद्यार्थी छौ तर राष्ट्र बनाउने सुनौलो भविष्य हौ हामी ।।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार