बारा दुर्घटनाः चालक र सहचालकलाई धनुषाबाट नियन्त्रणमा लिइयो

७ भदौ, काठमाडौं ।बाराको चुरियामाई बस दुर्घटनापछि फरार रहेका चालक र सहचालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिइएको छ।

काठमाडौंबाट जन कपुरतर्फ आउँदै गरेको तीर्थयात्री बोकेको बस जितपुर सिमरा उपमहानगरपालिका–२२ मा दुर्घटना हुँदा ६ जना भारतीय र एकजना नेपालीको मृत्यु भएको थियो।

दुर्घटनापछि चालक र सहचालक फरार थिए।

बस दुर्घटनामा १९ जना घाइते रहेको र उनीहरूको हेटौँडालगायतका अस्पतालमा उपचार भइरहेको छ।

‘जनकपुरबाट काठमाडौं पुगेर, त्यहाँबाट फर्किएर जनकपुर नै आउन लागेको बस बुधबार राति अन्दाजी एक बजे दुर्घटनाग्रस्त हुन पुगेछ,’ बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले भने, ‘घाइते १७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा एकजना नेपाली पनि रहेको खुलेको छ। सनाखत हुन बाँकी छ।’

मधेश प्रदेश ०३ ००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरनजिकै सडकबाट करिब १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

२६ जना सवार उक्त बस दुर्घटनामा ३ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा हेटौँडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दलिराम न्यौपानेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार