१२ जेठ,
काठमाडौं :नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।
एमालेले दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।