१५ चैत्र बुधबार
काठमाण्डौँ :-मिटर ब्याज पिडित ६ महिनाको छोरा बोकेर धनुसा बाट १२ दिन हिडेर धर्ना बस्न आएकि कल्पना धानुकलाई साहुले भन्यो मसंग सुत महिनाको २० हजार दिन्छु भन्यो भनेर धानुकले भनेकि छन ।
२ वर्ष अगाडि उनका जेठा छोराको उपचारको लागि मुसरु,गुवा भन्ने साहु बाट ५० हजार रुपियाँ लगेको र १ लाख बुझाई सकेको पैसालिनु भन्दा पहिला नै २ लाखको तमसुक बनाएको अझै २ लाख बाकि रहेको धानुकले बताएकि हुन ।
साहुले यदि पैसा नदिय छोरा मारि दिने धम्कि समेत दिन्छ उनका जेठा छोरा अहिले हिडडुल गर्न र बोल्न पनि सक्दैन्न । कल्पना भन्छिन पानि परेको बेला घरबाट निकालिदियो, फोहोरि फोहोरि गालि पनि गर्छ । उनले भनिन यदि अत्याचार हेर्नु छ भने मधेस आउनु , हाल उनका बुढा साउदिमा छन । उनि पाचँ धुर जमिनमा बस्दै आएकि छन ।