नेकपा सबै भन्दा ठुलो पार्टी बन्दै र विभिन्न कम्युनिष्ट पार्टी संग  एकता

 कृष्ण बि क
०१ चैत्र बुधबार
काठमाडौं :- विप्लव नेतृत्व को नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने भएको छ । बुधबार आयोजित प्रज्ञा भवनको पत्रकार सम्मेलनमा नेकपा र नेकपा माओवादी समाजवादी पार्टी बिच चैत्र ०९ गते पार्टी एकता हुने घोषण भएको हो । कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै नेकपा का महसचिव विप्लव ले भने “यो एकता दुई क्रान्तिकारी पार्टीको बिचमा मात्र होइन यो एकता तमाम क्रान्तिकारी प्रगतिशील देश भक्त हरुको एकता हो, यो एकता भारतीय विस्तारवाद विरुद्धको एकता हो, यो अमेरिकी साम्राज्यवाद विरुद्धको एकता हो, यो एकता लाई हामि सबै सच्चा कम्युनिस्ट पार्टी संग गर्न चाहन्छौं। यतिबेला देश गंभीर संकटमा छ । यो संकटबाट देशलाई मुक्त गर्न क्रान्तिकारी हरुको एकता जरुरी छ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कणजित ले भने ” जब देशमा संकट आउँछ तब राष्ट्रिय एकताको खाँचो पर्छ, जब वर्गलाई संकट आउँछ तब वर्गीय एकताको आबश्यकत्ता पर्छ । यो एकता बाट सबै कम्युनिस्ट पार्टी लाई क्रान्तिकारी र जनतालाई एकताबद्ध भएर जाने सकारात्मक संदेश प्रवाह गर्ने छ।” भनेर बताएका छन्। पत्रकार सम्मेलन कार्यक्रम संचालन नेकपा का स्थायी समिति सदस्य अनिल शर्मा बिरही , ले गरेका थिए भने अध्यक्षता विप्लव सि , ले गरेका थिए अतिथिहरु प्रकाण्ड सि , कर्णजित बुढाथोकी, सुशील , शिलु सि , भरत सि , दिर्ग पान्डे , थिए । प्रेस विग्यप्ति बाचन प्रकाण्ड सि ले गरेका थिए । शुभकामना मन्तव्य रङ्गनाथ ढकाल , ले राखेका थिए ।।।
फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार