काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट माओवादी समाजवादी पार्टी बिच पार्टी एकता हुने भएको छ। महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको कम्युनिस्ट माओवादी समाजवादी पार्टी बिच चैत १ गते एकताको घोषणा गर्ने कार्यक्रम रहेको नेकपा स्थायी समिति सदस्य अनिल शर्मा बिरहीले जानकारी दिएका हुन ।काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा दिउँसो २ बजे पत्रकार सम्मेलन गरि एकताको घोषणा गर्ने जानकारी दिइएको छ।बिचार, राजनीति , कार्यदिशा, संगठन र बर्तमान परिस्थितिको मुल्यांकनमा समान धारणा र बुझाई रहदै आएका यी दुई पार्टी बिच विगतमा सहकार्य र कार्यगत एकता हुँदै आएको थियो।