काठमाडौं ४ न . जिल्ला सम्मेलन सम्पन्न “पुजिबाद्ले जनता लाई नगरिखाने नमरिजाने अवस्थामा पुर्यायको छ ” कृति सि

कृष्ण बि क ( पासाङ )
२७ फल्गुण शुक्रबार
नेपाल कम्युनिस्ट पार्टी को युवा संगठन नेपाल को काठमाडौं ४ न . जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

चाबहिलको जुम पाटी प्यालेजमा सम्पन्न भएको
सम्मेलन लाई सम्बोधन गर्दै नेकपा का pbm तथा उपत्यका ब्युरो इन्चार्ज प्रमुख अतिथी कृति सि ले ” भुमन्डलिकृत पुजिवादले जन्तालाइ नगरिखाने नमरिजाने अबस्थामा पुर्याएको छ ” उनलेे भनेको हो ।

कार्यक्रम लाई जोड दिदै उनले भने ” साम्राज्यवादि निति का कारण विश्व का अल्पबिकसित तथा बिकास उन्मुख रास्ट्रहरु आर्थिक , राजनीति , सास्कृतिक , सामाजिक , रूपमा चरम संकट तिर धकेलिरहेका छन आज परिणाम नेपाल मा बितिय रूपमा देखा पर्यो यो संकट भनेको नेपाल सरकार को नभएर विश्व पुजीवाद को संकट हो यस्को समाधान बैज्ञानिक समाजबाद्ले मात्र गर्न सक्छ। पछिल्लो चरण नेपालमा बढेको बितिय आतंक ले जनता लाई घरबास बिहिन बनाइ रहेको छ यस्ता शाेषण लाई कार्बाइ गर्नुको सट्टा सरकार ले संरक्षण गरेको छ यस्ता गतिविधि लाई रोक्न सदैव युवा संगठन नेपाल तयारी अबस्थामा रहेको ” उनको भनाइ थियोे । संगठनका केन्द्रिय सचिवालय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज क. अनिल सि ले जानकारी दिएका हुन । सम्मेलनले क. नारायण सीको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिती सर्बसमत निर्बाचित गरेको छ । समितिको उपाध्यक्षमा क. बिसेश्वर सी सचीवमा क. निमा डेटि सी सहसचिवमा क. दिवस सी र कोषाध्यक्षमा क. योगेश सीलाई सर्बसमत चयन गरेको हो । नव निर्बाची जिल्ला समिती सदस्यहरु तथा पदाधिकारीहरुलाई संगठनका केन्द्रिय सचिवालय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज क. अनिलले संगठनको बिधानमा ब्यवस्था गरे बमोजिम सफत ग्रहन गराएका थिए सम्मेलनको अध्यक्षता क. नारायन सीले गरेका थिए भने कार्यक्रमको सहजीकरण क. बिसेश्वर सीले गरेका थिए । प्रमुख अतिथि कृति सि अतिथिहरु संगठनका केन्द्रिय अध्यक्ष क. पाटन जंगली सी संगठनका महासचिव क. तिलक सी पार्टी जिल्ला इन्चार्ज क. प्रताब सी संगठनका उपत्यका ब्युरो इन्चार्ज क. अनिल सी सेक्रेटरी क. रबि सी थिए ।।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार