काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले साउन ३२ गते राति १२ बजेदेखि लागु हुने गरी राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेकी हुन्।अधिवेशन अन्त्य भएको बेहोरा सभामुख अग्निप्रसाद सापकोटाले संसदमै पढेर सुनाएका छन्।
– रासस