महालेखापरीक्षक प्रतिबेदन: पाँचपोखरी थाङपाल गाँउपालिकाको नियम बिपरित सचिब भत्ता

सभाका सदस्यले कुनै पनि एक बिषयको बैठक जतिसुकै संख्या वा दिनमा बसेको भएता पनि एउटा बैठक बराबरको मात्र बैठक भत्ता पाउनेछ र मासिक ४ वटा बैठकको मात्र पाउने ब्यबस्था छ ।

सिन्धुपाल्चोक। गत जेष्ठ १३ मा प्रकाशित महालेखापरीक्षक कार्यालयको प्रतिबेदन (आर्थिक बर्ष २०७९/८०) अनुसार पाँचपोखरी थाङपाल गाँउपालिकाका ८ वटै वडाका सचिबहरुले ३२६४००(तीन लाख छब्बीस हजार चार सय) भत्ता बुझेको स्पष्ट देखिन्छ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन-२०७५ ले सभाका सदस्यको भत्ता बिषय बिषय उल्लेख गरिएको छ।

सभाका सदस्यले कुनै पनि एक बिषयको बैठक जतिसुकै संख्या वा दिनमा बसेको भएता पनि एउटा बैठक बराबरको मात्र बैठक भत्ता पाउनेछ र मासिक ४ वटा बैठकको मात्र पाउने ब्यबस्था छ ।

यो कर्मचारीको लागि होइन, पदाधिकारी र सभाका सदस्यको लागि मात्र भनेर उल्लेख गरिएको छ।

तर कार्यपालिकाबाट सचिबहरुले नियम बिपरित बैठक भत्ता बुजिएको देखिन्छ।

प्रतिबेदनमा लिखित बिषय जस्ताको तस्तै:
बैठक भत्ताः
वागमती प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ दफा ४ मा सदस्यको भत्ता सम्बन्धमा पदाधिकारीले मात्र पाउने व्यवस्था छ । गाँउपालिका ८ वटै वडामा कार्यरत सचिवहरुले मासिक ४ वटा बैठकको रु १००० का दरले वार्षिक ३८४ बैठकको रु.३२६४००।०० भत्ता बुझेको पाइयो । सुविधा सम्बन्धि ऐनले कर्मचारीलाई भत्ता दिने व्यवस्था नगरेकोले ८ वटै वडाका सचिवबाट असुल गर्नुपर्दछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार