७२औं वार्षिकोत्सव सम्पन्न गरेको गोल्मेश्वरी

७२औं वार्षिकोत्सव सम्पन्न गरेको बिधालयमा ७ जोड २ अर्थात ९ कक्षा छैन, यो पाँचपोखरी थाङपाल गाँउपालिकाकै गम्भीर बिषय हो।

सिन्धुपाल्चोक । गोल्मेश्वरी आधारभूत विधालयलाई गाउँपालिकाकै सबै भन्दा बृद्द बिधालय भन्दा पनि फरक पर्दैन। २००८ सालमा स्थापना भएको बिधालय पंचायतकालको बिधालय हो। शायद राणाशासनको सुइँको यो बिधालयलाई पनि थाहा छ होला। दुई कार्यकालको जिम्मेवारी अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले लिईरहदा पनि बिधालयको बिषयमा केहि पहल नभएको देखिन्छ।

गोल्मेश्वरी आधारभूत बिधालय पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं ६ मा पर्छ। यतिबेला पालिकाले आफ्नो पेजमा निर्धक्क श्री थाङपाल भ्याली बिधालयको तस्बिर हिडाईरहेको देख्न सकिन्छ। पालिकाकै बृद्द बिधालयमा नेतृत्वकर्ताको ध्यान नजादा बिद्यालयको गरिमामा नै धक्का परेको देखिन्छ। यति मात्र कहाँ हो र, बल्ल-बल्ल एक बर्ष अघि मात्र भवन ठडियो तर त्यसको पूर्ण रुपले कार्य सम्पन्न भने भईसकेको छैन।

पाँचपोखरी थाङपाल गाँउपालिकाले उक्त बिधालयको संरक्षणमा किन ध्यान नदिएको होला? यो गम्भीर बिषय हो। उपाध्यक्ष सुनिता अधिकारीको गृह पनि बिधालयको नजिकै छ तर उनलाई भने केहि वास्ता छैन।

गोल्मेश्वरी आधारभूत विधालयलाई पद्दोनति गरे थाङपालधाप बिधालयमा बिधार्थी घट्ने आशंकाले हो या अन्य कुनै कारण, बिधालयमा बल्ल-बल्ल सिमेन्ट भवन त बन्यो तर गाह्रो र अन्य काम कहिले हुने भन्ने पत्तो छैन।

७२औं वार्षिकोत्सव सम्पन्न गरेको बिधालयमा ७ जोड २ अर्थात ९ कक्षा छैन, यो पाँचपोखरी थाङपाल गाँउपालिकाकै गम्भीर बिषय हो। पाँचपोखरी गाँउपालिका दुर्गम भेकको बर्गिकरणमा परे पनि बिधालय संरक्षणको बिषयमा भने कमजोर देखिएको छ।

वडा नं ६ का अध्यक्ष नारायण भट्टराईको यो पहिलो कार्यकाल हो, उनि पाँचपोखरी थाङपाल गाँउपालिकाको प्रवक्ता पनि हुन्। उनको कार्यकालमा गोल्मेश्वरी आधारभूत विधालयले नयाँ रुप पाउछ या पाउदैन भन्ने सन्दर्भ अझै अन्योलमै छ। पालिकामा थाङ्पालधाप मा.विले बिधार्थीलाई शिक्षा प्रदान गरिरहेको छ, उक्त बिधालय २०२४ सालमा स्थापना भयो। पाँचपोखरी थाङपाल गाँउपालिकाको पूरानो बिधालयको निर्माणाधीन भवन पूर्ण नहुनु भनेको बिधालयको बिकासको बिषयमा कुनै पहल नहुनु सरह हो।

केहि समय अघि बिधालयले केहि समय पछि रकम फिर्ता गर्ने भन्दै स्थानियबाट रकम उठाएको थियो तर बिधालयलाई हालको समयमा कुनै आर्थिक संकट भने नभएको देखिन्छ तरपनि बिधालयले सहयोगकर्ताको रकम फिर्ता गरेको छैन। ब्याज बापत आउने रकम न चन्दापत्रमा नै लेख्यो न रकम फिर्ता नै गर्यो।

बिधालयले १० रोपनी जग्गा जोड्यो, १० रोपनी जग्गा १० मुरी धान दिने सहकार्यमा कमैयालाई दियो तर स्थानियको पैसा फिर्ता गर्ने बिषयलाई कुनै चासो नदिएको देखिन्छ।

स्थानियको फितलो आवाज र जनप्रतिनिधिको ब्यवास्ताले निर्माणाधीन भवनको काम अलपत्र छ। शिक्षकतहबाट पनि यस बिषयमा कुनै पहल नभएको अनुमान गर्न सकिन्छ। पेन्सन प्राप्त गर्ने शिक्षकको पनि दायित्व भएपनि अवकाश भएका शिक्षकले पनि पेन्सन मात्रै थाप्ने काम भईरहेको गुनासो स्थानियले गरेका छन्।

यो पनि:
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको केन्द्र भेकमै कक्षा ८ सम्म मात्र पढाई
आठ सालमा स्थापना, आठ सम्मै पढाई !
शिक्षा नीतिलाई गिज्याईरहेको गोल्मेश्वरी!
गाउँपालिका छेउकै बिद्यालयमा लेउ, भवन ठडियो पढाई छाप्रोमै

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार