सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका केही भेकमा अझै पानीबाट चल्ने घट्टले देख्न सकिन्छ। नदिबाट कुलेशो काटेर ल्याएको पानीको फोराले तलको चक्का घुम्छ र त्यही चक्कामा ढुङ्गाको गोलो घुम्ने घट्ट जडान गरिन्छ र चलाईन्छ। पछिल्लो समय पानी घट्टलाई मेशिनले रुपान्तरण गरेको छ तरपनी दुर्गम भेक या नदिको तटिय क्षेत्रमा अझै देख्न सकिन्छ। २०३५ सालमा जन्मिएका गोबिन्द तामाङले घट्टको काम गर्न थालेको धेरै भएको त छैन तर उनलाई घट्ट सम्बन्धि सबै ज्ञान छ। गोबिन्द दुई गोरुका साथमा बिहानै घट्ट आउछन र आउने जति ग्राहकको सेवा गर्छन। गोरुलाई पराल दिएर छाडा रुपमा चर्न पठाउछन अनि आफू घट्ट चलाउने प्रबन्ध मिलाउछन। प्राय स्थानिय मात्र आउने गर्छन तर कहिलेकाहीँ टाढा-टाढा देखि पनि आउने गरेको उनी बताउछन। कालो कपालमा बिहान घट्ट भित्र पस्छन र सेतो कपाल बनाएर बेलुकी घर फिर्छन।
बिधुतिय मेशिनबाट पिनिएको पिठोको स्वाद र ढुङ्गाबाट पिनिएको पिठोको स्वाद फरक आउने उनका नियमित ग्राहक बताउछन। पैसोको कारोबार गरिदैन, पिठो पिनेपछि त्यसबापत लाग्ने पिठो नै लिन्छन । गोबिन्दका २ सन्तान छन, छोरो काठमाडौमै पढ्छ, छोरी घरमा आमालाई सघाउदै गाउँ कै बिधालयमा पढ्छिन। गोबिन्दलाई ढुङ्गा देखि लगाम बस्न थालेको छ। यति पटक घट्ट घुमेपछी ढुङ्गाको ग्रेगर पिठोमा आउँछ भन्ने ज्ञानले समेत पोख्त छन । उनी भन्दा अगाडि एकजनाले चलाएका थिए तर पछि त्यो सबै उनलाई जिम्मा लगाएर पुर्ब-घट्टेरो अन्यत्रै स्थानान्तरण भएको बताए। पछिल्लो पुस्ताले ढुङ्गाबाट पिठो पिन्ने अथवा घट्ट कस्तो हुन्छ भनेर पनि थाहा छैन! नदि क्षेत्र बाहेक अन्य स्थानमा यो स्थापना गर्न सम्भब त छैन तर बिधालयले यस्तो गरि चल्छ भन्ने एउटा उदाहरणीय शिक्षा दिन आवश्यक छ। शहरिया क्षेत्रका अधिकांश बिद्यार्थीलाई घट्ट कसरी चल्छ? के पिन्छ? के को सहायताले त्यत्रो ढुङ्गा घुमाईन्छ भन्ने कुरा नयन परेपछी मात्र आश्चर्य लाग्न सक्छ।
पप्राकृतिक सृष्टिले नै दिएको अमुल्य उपहार मध्यको एक पानीघट्ट हो। यसमा घटेरोको अथाहा मेहेनत हुन्छ तर अनावश्यक लागत भने हुदैन। ढुंगा नदि आशपाश कै प्रयोग गर्न सकिन्छ भने तल हुने पंखा घुमाउने काम पानीले नै गर्छ। यति मात्र होइन दिवा खाजाको लागि समेत उनलाई घट्ट आसपासमा समस्या पर्दैन, चुलो लगाएर जङ्गलको दाउराको सहायताले कोदोको रोटि समेत त्यही पकाएर खाने बताउछन। घट्टको आम्दानी आर्थिक रुपमा त हुदैन तर अन्नको पाटोमा भने पर्याप्त हुने उनी बताउछन। गोबिन्द भन्छन, `ढुंगा कुद्ने बेलामा त यो कामबाट नै पन्छिउकि जस्तो लाग्छ तर एक पटक त्यति गरेपछी लगातार घट्ट चलाए पनि ४-५ महिनालाई चाहिँ आनन्द हुन्छ। कहिलेकाही तलको फ्यानमा समस्या आयो भने चाहिँ अलि टेन्सन बढी हुन्छ नत्र त अरु खासै समस्या हुदैन।