निरासालाई चिर्न समाजवादी कार्यक्रम : विप्लव सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनताको निराशालाई चिर्ने कार्यक्रम नेपाली विशेषताको समाजवाद भएको बताएका छन ।
सोमबार जनपत्रकार सङ्गठन नेपालले काठमाडौँमा आयोजना गरेको सङ्गठनको तर्फबाट नेपाल पत्रकार महासंघमा निर्वाचित उम्मेदवारलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन ।

जनतामा व्यापक निराशा रहेको बताउँदै विप्लवले निराशा चिर्नका लागि नेकपाले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याएको बताए । ‘समाजवाद अमूख पार्टीको कार्यक्रम होइन, यो त जनताको निराशालाई चिर्ने कार्यक्रम हो ।’, विप्लवले भने, ‘नेपाली जनताको निराशालाई चिर्न हामीले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याएका छौँ ।’

उनले देश उकुसमुकुस भएका बेलामा भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले विशेष निर्णय गर्दै निकासको बाटो दिएको बताए । संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले संचालन गरेको कार्यक्रममा महासचिव विप्लवले निर्वाचनमा विजयी उम्मेदवारलाई अभिनन्दन गर्दै सफलताको शुभकामना दिएका थिए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार