सिन्धुपाल्चोक । पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाका नदि र पहाडहरुले भयाबह अवस्था सिर्जना गर्दै छन्। जुरे पहिरोले नदि रोक्दा झन्डै गाउँ नै डुबेको थियो, सेनाले बमको सहायताले पानीको निकाश जाने बाटो यो, गाउँ जोगियो। केहि समय अगाडी मात्रै मेलम्चीबजारका घरहरु डुवानमा परे, अर्बौको सम्पती नष्ट हुन पुग्यो। ठुलो बगरको बीचमा भएको नदिले यत्तिको प्रकोप निम्त्याउला भन्ने परिकल्पना पनि गर्न नसकिने अवस्था हुदाहुदै प्राकृतिक प्रकोपले मेलम्ची बजार हान्यो। अझै क्षति भएका घरहरु यथावत नै छन्, मर्मत संभारको काम भएको छैन।
बिकासको काममा अग्रसर रहेको पाँचपोखरी गाउँपालिकाले पनि बाटो ढलानको कार्य गरिरहेको थियो तर दैविक प्रकोपले बिकास देख्न सकेन ढलाननै खोलाले भत्कायो।
गत भाद्रमा सिन्धुपाल्चोक जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका केहि वडाको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको थियो। बर्खा सुरु भएलगतै इन्द्रावती नदीले कुन अवस्था लिने हो भन्ने बिषयमा तिपेनीबासीहरु अझै अलमलमै छन्।
कार्यपालिकाले सुक्खायाममा नै केहि पहल गर्ने हो भने पहिरो थामिने पहल गर्न सकिन्छ तर पालिका यस बिषयमा मौन छ।
इन्द्रावती नदिको ठोकिने प्रवाह तिपेनी डाँडामा पर्ने र उक्त स्थानको माटो ममिलो भएको हुदा पहिरो गएको अनुमान गर्न सकिन्छ। समयमा नै ढुंगा भरिएका जालीको प्रयोग गरियो भने यसले निम्त्याउन सक्ने जोखिमको न्यूनीकरण हुन सक्छ।
बर्खेयाममा नदिको बहाब बढी हुने भएकाले काम गर्न सहज वाताबरण सिर्जना हुदैन त्यसैले पाँचपोखरी गाउँपालिकाले यस बिषयमा बेलैमा सजक हुन आवश्यक छ।
काम गरियो भनेर मौन बस्नु र गरिएका कामको निगरानी गरिनु नै दिगो विकासको लक्ष्यण हो तर हिउँदमा कार्यपालिका तर्फबाट नदि ब्यबस्थापन र भत्किएका संरचनाका बिषयमा कुनै पहल नभएको आकलन गर्न सकिन्छ।
केहि तस्बिरहरु: