विश्वविद्यालय शिक्षाको मन्दिर र ज्ञानको आधार हो : प्रधानमन्त्री ओली

काठमाडौं विश्वविद्यालय स्थापनाको ३३ वर्ष पूरा भएको छ । संस्थापक कुलपति सुरेशराज शर्मा लगातार चार कार्यकाल र डा. रामकण्ठ माकाजु लगातार दुई कार्यकाल उपकुलपति भएका थिए । केयूले पछिल्लो चार वर्षमा भारतको तिरुपति, हङकङ र अष्ट्रेलिया सम्बन्ध विस्तार गरेर आफ्नो कार्यक्रम लागू गरेको छ ।

शनिबार काठमाडौँ विश्वबिधालयको ३३ बर्षीय स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बाताए। “विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ” उनले दीक्षित विद्यार्थीतर्फ इङ्गित गर्दै भने, “विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफताका लागि अझ परिस्कृति म्यानर मिसाउनुपर्छ ।” विश्वविद्यालय शिक्षाको मन्दिर र ज्ञानको आधार हो भन्दै उहाँले व्यवहारत असाधारण सीमामुक्त शिक्षालाई जीवनभर ग्रहण गरिरहनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले धर्तिको २१ प्रतिशत हिमाल ‘कालापत्थर’ बन्न लागेकोमा दुःखेसो पोख्दै अन्य भूभागसमेत मरभूमि बन्ने खतरा बढेकोमा चिन्ता व्यक्त गरे । “अरूका गल्तीले धर्तीका भूभाग मरूभूमि बन्दैछ, यसका लागि हामी वातावरणीय न्यायका लागि लडिरहेका छौँ, कालापत्थरमा परिणत हुँदै गएका हिमालको पुरानो स्वरूपमा ल्याउने विषयप्रति गम्भीर हुँदै जलवायु परिर्वतनका विषयमा पनि ध्यान दिन आवश्यक छ” उनले भने । उनले पुर्खाले वरपिपल र तुलसी धेरैभन्दा धेरै रोपेर अक्सिजनका लागि ‘ब्यालेन्स’ मिलाएको उल्लेख गर्दै पारिस्थितिकि चक्रलाई नबिगार्न त्यसो गरिएकाले ‘क्लाइमेट मेन्टेन’ हुनुपर्दछ भन्ने विषयमा आफूले जोड दिँदै आएको बताए ।

कार्यक्रममा भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले नेपाल–भारतको इतिहास र भूगोलमा असाधारण सम्बन्ध रहेकाले व्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दीगो विकासका मार्ग प्रशस्त गरेको बताए । उनले भने, “दुई देशबीचका उदाहरणीय परियोजनाले पनि राष्ट्रबीचको विश्वास र साझेदारीको गहिरो भावनालाई पनि उत्प्रेरित गर्न सक्छ भन्न सकिन्छ ।”

काठमाडौँ विश्वबिधालयको उक्त समारोहमा शिक्षामन्त्री एवं केयूको सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेको थियो । आज विश्वविद्यालयका विभिन्न सङ्कायका एक हजार दुई सय ६५ जना विद्यार्थी दीक्षित भएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार