तिलक सर अर्थात तिलक प्रसाद लुइँटेल।साहित्य क्षेत्रको विद्वान ब्यक्ती मध्य एक हुनुहुन्थ्यो र हुनुहुन्छ। उहाँ चार बेदको पहिलो नेपाली अनुवादक, मनुस्मृती लगायत धेरै संस्कृत पुस्तकका अनुबादक पनि हुनुहुन्छ। तिलक सरलाई घाम असाध्यै मन पर्ने प्राय: घाममा बसेर नै अनुबादको काम गर्नुहुन्थ्यो। जेठा के छ? मलाई प्रश्न गर्नुहुन्थ्यो! सर यो अत्रि र आत्रेय मा कसरि पत्ता लगाउने बुवा र छोरा को भनेर भन्ने प्रश्न गर्दा ‘य’ थपियो भने चाहिँ बुवा हो है बाबु भनेर उहाले नै सिकाउनु भयो।
बाल्यकाल संगै बिते, सानै देखि संगै बसेको भएर होला असाध्यै माया गर्नुहुन्थ्यो। मलाई बाल्यपनमा खासै पढ्न नआउने, अ भन बाबू भन्यो भने लामो समय सम्म `अ´ मात्र भनिरहन्थे रे! ३-४ साल दशैको टिको पहिलो मेरो हातबाट पनि लगाउनु भयो। बसोबास संगै, बातचित चलिरहन्थ्यो। दैनिकी चलिरहेकै थियो, स्वस्थ्यमा अलि गढबढ हुन थालेपछी आयुर्वेद औषधीको प्रयोग गर्दा पनि क्षणिक कम नभएपछी अत्तर्खेल स्थित नेपाल मेडिकल कलेजमा करिब १६-१७ दिनको बसाई रह्यो तर पनि पुर्ण रुपमा रोग यहि हो भन्ने पत्ता लागेन। त्यसपछि एकदिन उहालाई असाध्यै गार्हो भएपछी पुन: महाराजगन्ज स्थित टिचिङ् अस्पताल भर्ना गरियो। बरिस्ठ डाक्टर पनि उहाँ कै चेला हुनुन्थ्यो, डाक्टरले पनि एकिन रोग यहि हो भन्न सक्ने अवस्था थिएन।
म प्राय: गइरहन्थे, अगाडि जब अस्पताल भर्ना गरियो, संवाद हुँदै गर्थ्यो। सर कस्तो छ हजुरलाई अहिले, म प्रश्न गर्थे, उहाँ ठिकै छ बाबू भन्नू हुन्थ्यो। कहिलेकाहीं क्याम्पसबाट अस्पताल जान्थे, उहाँको छोरा बसिरहनु हुन्थ्यो, गएको बेला तिलक सर संग भेट भएर नै फर्किन्थे। एकदिन हाई-डोजको औषधि दिईएको रहेछ, त्यो औषधीले उहाँलाई झन थकिन बनाएछ। कडा औषधीले उहाले भेट्न आउने मान्छे समेत चिन्न छोड्नु भएको थियो। प्राय: भेट्न आउने मान्छे नचिने पनि मलाई ठ्याक्कै चिन्नु हुन्थ्यो।
त्यसदिन हामी आमा-छोरा अस्पतालको शैयामा भेट्न पुगेको थियौ, उहाको धर्मपत्नी गिता अनि छोरा संगै हुनुन्थ्यो, दिवा नास्ता गराउने बेला भएको रहेछ। मलाई देख्ने बित्तिकै मलाई आज ठुलेले खुवाउछ, तिमिहरुले होइन! भन्ने उहाँको वाच्य मैले सुन्ना साथ गएर चम्चाले स्याउ खुवाईदिए। त्यो दिन एक्छीन बसेर फर्कियौ। टिचिङको ४५-४६ दिनको बसाई पछि एकदिन उहालाई ब्यथाले सार्है च्यापेछ। त्यो दिन खाना लिएर म गएको थिए।
त्यो दिनबाट उहाँको छोराले पनि अब ड्याडी बाच्नुहुन्छ भन्ने बिषयमा हरेश खाईसक्नु भएको थियो। हामी डाक्टर संग कुरा गर्दै थियौ, हामी अझै कोसिश गर्छौ भनेर कार्यकक्षमा लाग्नुभयो। म एक्लै तिलक सरलाई राखिएको ६०१ नम्बर क्याबिनमा थिए, मैले प्रश्न गरे, सर कस्तो छ? उहाँ निधार चाउरी पार्दै, बाबू आजबाट सार्है गार्हो भको छ तर ठिक हुन्छ अब । त्यत्तिकैमा मैले अब घर कहिले जाने भनेर सोध्दा अब छिट्टै घर गएर छठमा बस्ने अनि घाममा ठुले र म मिलेर सुन्तला खानुपर्छ भनेर आइया भन्दै थकाई मार्नुभयो। उहाँको अवस्था देखेर हामी पनि हार खाईसकेका थियौ, डाक्टरी औसधि रात रहे सम्म अग्राख पलाउछ भन्ने आशमा नै थियौ।
उहाको त्यो अवस्थामा घर गएर संगै सुन्तला खाने वाच्यले मेरा आखाभरी आँसु भरिए। म फुत्त निस्किएर घर तिर लागे, राती १० बजिसकेको थियो। अवस्था उहीँ थियो त्यसको २-३ दिनमा इमरर्जेन्सी वार्डमा सारियो र त्यस्को २ दिनमा उहाँको देहावसान भयो भन्ने खबर आयो।
म फिर्ता हुन्छु बाबू अब घरै जाने सार्है दुखाए यहाँ भन्ने उहाको बचनबाण झै लाग्यो तर उहाँ घर फिरेर सुर्यको तापयुक्त प्रकाशमा बसेर सुन्तला खाने वचन पूरा हुन सकेन। नभन्दै समय जान कति बेर लाग्दो रहेछ, आज मङ्सिर २९ गते उहाँको बार्षिकी।अन्तिम पटक उहाँ शिबपूराणको अन्तिम तयारीमा हुनुन्थ्यो।अस्ति जस्तो लाग्छ तर दिन जान कति समय लाग्ने रहेछ। उहाँको देहावसान भएपनी उहाँले लेखेका कृति अमर थिए, छन, हुनेछन। हार्दिक श्रद्दासुमन तिलक सर!