सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ।
संयुक्त अधिराज्य (युके)मा अवस्थित द फाइनान्सियल टाईम्सले ४ डिसेम्वरमा आयोजना गरेको एक कार्यक्रमबीच सिटिजन्स बैंकलाई सो अवार्ड प्रदान गरेको हो।
बैंक संचालक समितिका अध्यक्ष प्रवलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै बैंक अफ द इयर २०२४ को सम्मान ग्रहण गरेका थिए।
सिटिजन्स बैंक संचालक समितिका अध्यक्ष पाण्डले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्ड प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरबान्वित महसुश गरेको बताए।
यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिंङ्ग सेवा ग्राहकमाझ ल्याउन हौसला मिलेको उनको भनाइ छ। त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यस अवार्डको प्राप्ती सम्पूर्ण सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट सम्भव भएको बताए।
<span;>द फाइनान्सियल टाईम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ। यस अवार्डबाट सम्मानित हुने बैंकहरुको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन ‘द बैंकर’मार्फत प्रकाशित हुने गरेको छ।