जिवनमा केही गर्नु पर्छ भन्ने कुराले सधै सताई रहन्छ । मलाई त्यही कारण होला खास्सै मेरा धेरै साथिहरु पनी छैन्न भएकाहरु पनी मसंग धेरै समय विताउन चाहादैनन कीनकी म घुमाएर कुरा जिन्दगिमा केही गरौ भन्ने प्रेसर ढाल्छु । साथिहरुलाई म विभिन्न पलान र आइडीयाहरु सुनाउछु । सायद मजाक लाग्दो होला जस्तो लाग्छ । मसंग बस्दा धेरै दीमाग खराब गर्नु पर्ने हुन्छ । सायद मानीस दीमागलाई धेरै चलाउने वा खराब गर्ने मुडमा हुदैनन क्यारे ।
त्यसैले होला मेरो अगाडी सुनेको जस्तो गर्छन मेरो कुरामा खास्सै सहमत हुदैनन र मलाई सहमत भएको जस्तो गर्छन म बुझिहाल्छु । वाचुन्जेल केही गर्नु पर्छ भन्ने कुरा लगभग मेरो दिमागमा दीनमा हजार पटक आउछ । म सपनाहरु बुन्दै जान्छु एक सपनाको महल बन्छ फेरी त्यो सपनाको महल भत्किन्छ । जसरी वालुवाको सिखर भत्किन्छ ठिक त्यसरी नै मेरो सपनाको महल भत्किन्छ ।
फेरी अर्काे सपना यस्तै यस्तै गरेर वित्छ मेरो पुरै समय विभिन्न सपना संग पौठेजोडी गर्दै वित्छ, सपनाले मेरो दिमागको ठुलो हीस्सा ओगटेको हुन्छ । म कल्पनामै रमाउछु कल्पनामै हराउछु कल्पनामै खुसि हुन्छु कल्पनामै दुखि कल्पनामै लजाउछु कल्पनामै मुस्कुराउछु । म एकान्तमा बस्न रुचाउछु मेरो सपनाहरु संगको सम्बन्ध अलि विशेष खालको छ ।
कहिले काही संसारमै नभएको कुरा सोच्ने गर्छु । कहिले काही दिमागमा आईडिया पनि खत्रा फुर्छ । समय अनुसार सबै चिज परिवर्तन भएर जान्छ, सपना सोचाई अनि बुझाई अनुभव संसारमा सबै भन्दा सुन्दर चिज केही छ भने त्यो सपना हो जस्तो लाग्छ साच्ची सपना कति सुन्दर हुन्छ है ? हो म यस्तै यस्तै खाले सपनाहरु सोच्ने गर्छु ।