साथी-भाई बिदेशीए अब मैले पनि केहि काम नगरी हुदैन भन्ने लागेपछि गाउँ छिरे। नेपाली समाजमा बिदेश जाने प्रवृत्ति र त्यसले गाउँसमुदायमा व्यापक असरपारेको देखिन्छ। विशेष गरी पछिल्लो दशकहरूमा बैदेशिक रोजगारी, अध्ययन, र अन्य अवसरहरूका लागि युवाहरूको बिदेश पलायनले गाउँको सामाजिक संरचना र जीवनशैलीमा गहिरो प्रभाव पारेको देखिन्छ।
नेपाल जस्तो विकासशील राष्ट्रमा बिदेश जाने मुख्य कारण आर्थिक संकट हो। देशको शैक्षिक र पेशागत अवसरहरूको सीमितता, बेरोजगारी दरको वृद्धि, र ग्रामीण क्षेत्रमा रोजगारीका अवसरहरूको अभावले गर्दा धेरैजसो युवाहरू बिदेश पलायन हुन बाध्य भएका छन्। यी मध्ये कतिपय शिक्षित युवाहरू राम्रो भविष्यको खोजीमा बिदेश जान्छन् भने कतिपय अल्पशिक्षित र अशिक्षितहरू न्यून आय भएका रोजगारीका लागि खाडी देशहरू जाने गरेको देखिन्छ।
तुलनात्मक रूपमा कम आय भएका नेपाली श्रमिकहरूको बिदेश पलायनको पहिलो प्रमुख गन्तव्य खाडी देशहरू नै हुन्छन । अरब राष्ट्रहरूमा नेपाली श्रमिकहरू विशेष गरी निर्माण, सर-सफाई, र अन्य शारीरिक श्रममा संलग्न छन्।
न्यूनतम तलबमा कठिन परिश्रम गर्न बाध्य छन् । नेपालमा उच्च तहको कर्मचारीको तलब र खाडी मुलुकमा गएका श्रमिकको तलबमा भिनत्ता देखिदैन।
बयस्क जोस-जागरमा उत्पन्न हुने जुक्ति र शैलीले विकासमा आधुनिकताको भाब झल्काउछ तर ति संघर्षशिल युबा नै विदेश पलायन हुनु भनेको राष्ट्रको लागि पनि केहि घाटा हुने देखिन्छ। नेपालको आर्थिक अवस्था हेर्ने हो भने रेमिटेन्सले धेरै सहायता दिएको देखिन्छ।
बैदेशिक आम्दानीले घर निर्माण, शिक्षामा लगानी, स्वास्थ्य सेवा, र साना व्यवसायमा उपयोग हुन्छ तर कतिपय अवस्थामा यो रकम परिवारको दैनिक उपभोग्य वस्तुमा मात्र सिमित हुन्छ, जसले दीर्घकालीन आर्थिक स्थायित्व प्रदान गर्दैन।
सानो गाउँमा जब धेरै युवाहरू बिदेशिन्छां, व्यक्तिगत परिवर्तन त होला तर यसले गाउँको आर्थिक स्थितिमा खासै सुधार देखिदैन। दीर्घकालीन आर्थिक समृद्धि हासिल हुदैन भने देशको लागि यो घाटाको बिषय बन्न पुग्छ। गाउँकै सानो व्यवसायले जीविकोपार्जन त् होला तर आर्थिक समृद्दीको आश गर्न सकिदैन।
युबा बिदेश गएपछि सामाजिक संरचना बदलिन थालेको अनुभूति हुन्छ। पहिलेको साझा सामाजिक जीवन र परम्परागत ग्रामीण संस्कृति क्रमशः हराउँदै गइरहेको देखिन्छ। गाउँमा पाको पुस्ता भत्ताको आशमा लिन् हुदा आर्थिक पाटो कम्जोर हुने देखिन्छ।
त्यसको अप्रत्यक्ष असर सामाजिक कार्यक्रम विवाह, जात्रा, चाडपर्वमा सहभागी हुने जनसंख्या कम हुँदै गएकोमा देखिन्छ। विभिन्न परम्परागत शिल्प, जस्तै बुनाई, माटोको काम, र स्थानीय कृषि पद्धतिहरूको अभ्यास हुँदै आएको थियो। तर, जब युवाहरू बिदेश जान थाले, यी परम्परागत सीप र ज्ञान विस्तारै हराउँदै गएका छन्।
श्रीमानले बिदेशमा काम गर्दा श्रीमतीहरूले गाउँमा परिवारको सारा जिम्मेवारी वहन गर्नु बाध्यता हो तर पछिल्लो समय बैदेशिक रोजगारीमा गएका श्रीमान संग सम्बन्धबिच्छेद गर्ने जस्ता कार्यको सिर्जना भईरहेको देखिन्छ। केहि नँया जोस-जागर साथ म गाउँ छिरे तर गाउँ नै युवा बिहिन जस्तै देख्दा क्लेश लाग्छ।
कुनै कार्यको दुवै पक्ष हुन्छ सकारात्मक या नकारात्मक। बिदेश जाने प्रवृत्तिलाई नकारात्मक रूपमा मात्र हेर्नु मात्र उपयुक्त हुँदैन। विशेष गरी, रेमिटेन्सले गाउँमा आर्थिक समृद्धि ल्याउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
धेरैजसो परिवारहरू यसबाट आफ्नो जीवनस्तर सुधार गर्न सफल भएका छन्। साथै, बिदेशमा काम गर्न गएका युवाहरूले नयाँ सीप, ज्ञान, र अनुभव सिकेर फर्कन्छन्, जसले दीर्घकालीन रूपमा उनीहरूको जीवनमा सकारात्मक परिवर्तन त ल्याउछ तर व्यापक असर गरेको पनि देखिन्छ।
गाउँका शारीरिक रूपमा योग्य युवाहरूको पलायनले कृषि कार्यमा समेत असर पारिरहेको छ। खेतबारी बाँझो रहने, परम्परागत सीपको ह्रास, र सामाजिक संरचनामा आएको परिवर्तन दीर्घकालीन रूपमा समाजको स्थायित्वलाई चुनौती दिइरहेको छ। गाउँमा वस्तुको मल बालि सप्राउन अति आवश्यक हुन्छ तर वस्तुको स्याहार गर्ने मान्छे नहुदा डेसिमल जस्ता केमिकलयुक्त पदार्थ प्रयोग गर्न बाध्य हुन्छन।
यस समस्याको समाधानका लागि सरकारले गाउँस्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्न आवश्यक छ। सरकारले युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, साना तथा मझौला व्यवसायहरूमा लगानी गर्ने, र आधुनिक कृषि प्रविधि सिकाउने कार्यक्रमहरू महत्वपूर्ण भए पनि सोचे अनुरुप नभएर नै बिदेशिएको हो कि भन्ने अनुमान गर्न सकिन्छ।
गाउँको जीवनशैली, संस्कृति, र परिवारमा गहिरो प्रभाव त् पर्ने नै भयो। यद्यपि, बिदेशी पलायनले आर्थिक समृद्धि ल्याएको छ तर यसले समाजको दीर्घकालीन स्थायित्वमा चुनौतीहरू खडा गरेको छ।
भविष्यमा, गाउँमा रोजगारीका अवसरहरू सिर्जना गर्न र युवाहरूलाई स्वदेशमै काम गर्न उत्प्रेरित गर्न आवश्यक छ र यसो गर्न सके, गाउँमा परम्परागत संस्कृति र सामाजिक संरचना सुरक्षित राख्न सकिन्छ, र दीर्घकालीन रूपमा समृद्ध समाजको निर्माण सम्भव हुनेछ। तर यस बिषयमा सरकारी संयन्त्रको ध्यानाकर्षण नभएको देखिन्छ।