आलिशान बंगला भित्रको चरित्रण
जर्मन सेफ्हर्द, सुसारे, पिङ्ग अनि बोटबिरुवा
राजा साहेब परेबालाई आहारा दिदै
झोलुङ्गे पुलमा हल्लिदै होइबक्सिन्थ्यो,
चियाको चुस्की सुरुप-सुरुप लिदै,
बडेमहारानीको एकल निर्देशनमा
सुसारे पदमा नियुक्ति पाएकी म,
बरण्डा देखि बगैचा सम्म जिम्मा मेरो,
बडार-कुडार पुस्पास देखि नओबाए सम्म,
झरेका गुलाबका पातले झिरिंग परेको मेरो कन्सिरी,
अनि गुलाबले रि-ब्याक गरेको हासो,
ति गुलाब अनि शोभायुक्त पुष्प,
त्यो रातो गुलाबले बढाएको गरिमालाई परिकल्पना गर्दै
बाइकको ह्यनडिलमा सजाएर बालेनको सहर घुम्ने रहर,
खोलापारिको चिरिबाबूको राज्यमा चिडिया हेर्न जाने रहर,
लिप्त, मोहित, अति-मोहित, प्रेमवती झैँ उनैको सम्जनामा,
हाँगालाई सराप्थे, मन मनै भन्थे, यो फुललाई कैले छोड्छस ह?
ट्याप टिपे भैहाल्थ्यो किन गालि गर्नु, फेरी बगैचाको शोभा तेसैमा छ।
ओइलिन लागेको हागोले नथामेको लाल गुलाबको प्रतीक्षामा थिए
जवान, हट्टा-कट्टामा लिपिकक पर्ने बोटले पनि लुलो भएछी
थप्पक दुरी बढाउदै थियो अनि म मनुष्य जिबनलाई दाज्दै थिए,
आखिर जवानी, यौबन अर्थ्यात रुप, फिगर(मोडर्न भाषा) तेही न हो,
मैले उहालाई साचेर राखेको, आफ्नो भबिष्यको सपनालाई धितो राखेर
अकल्पनीय चित्रणमा भोलिको नबिनतम उर्जा कोर्दै,
तर अपशोच!
मेरो सौहार्द प्रेमको क्रिटीसिजम प्रकाशन गर्दै,
कोरेका ति थेसिसको परिणाम-अर्कै रोज्यौ, अर्कै खोज्यौ,
किनकि म रानी थिइन्, नोकरानी थिए,
अर्हाउने होइन, अर्हाइने थिए,
जे भो ठिकै भो, राम्रै भो, गज्जबै भो!
प्रेमको ग्रसित रोगले ननिम्त्याएको दुर्घटनाबाट बचेको ‘म’ पात्र
ओइलाएको गुलाब झैँ टुक्रिएको मनमाले झेलेको ह्यंग,
तेइ झरेको गुलाबको आयुर्बेदले लेपन गर्दैछु,
तिमि संग बिताएका पलका,
एभरेज पसिनाको टोटल मूल्य ल्याउनेछु,
तिमीले मार्जिनल बस्तु प्रयोग गर्यौ,
त्यसमा पनि प्रोगेस देखि डिक्लाइन सम्मको स्टेज छ,
त्यो शब्द अमुल्य बनाई अपनाउनेछु,
कसरी भुलाउ म त्यो पल,
म संगै बिताएका यादहरु राख्नु छ,
घण्टौ गरेका बातहरुको डाटा राख्नु छ,
मेरो सुसारे-आम्दानीले एउटा बलबानको
सेकुरिटी नियुक्त गर्नेछु
किनकि! त्यो डाटामा अरु कसैको नजर नपरोस
धोकेबाज हौ तिमी धोकेबाज हौ!!