काठमाडौँ । काठमाडौँको ब्यस्थ सडक आरएनएसी संगै ९० साल भन्दा अघि देखि ठडिएको मनमोहक धरहरा छ। १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो र त्यस भुकम्पमा २ तला भत्किएर ९ तलामा सीमित बनेको धरहरा २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भुकम्पले भत्काएको थियो।
लामो अन्तराल पछि असोज तिन गतेबाट अस्थायी रुपमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।बाहिरि पर्ययबरणबाट झट्ट हेर्दा ११ तला जस्तो देखिएपनि अहिले भित्री संरचना २२ तलाको छ ।
यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ ।
अब यसमा दुइटा लिफ्ट जडान गरी धरहरा चढ्न सकिने सुविधा मिलाइँदै छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले भूमिगत पार्किङ बनाइएको छ ।