विराटनगर । कोशी प्रदेशको किचलो बेला-बेलामा घाउको पाप्रो उकिए झैँ बल्झिरहन्छ। केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् ।
जि.प्र.का मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो र निवर्तमान मुख्यमन्त्री कार्कीले प्रदेश सरकारसँग विभिन्न ९ बुदे माग राख्दै मंगलबार करिब ४ बजेबाट आमरण अनशनमा सुरु गरेका थिए ।
निषेधित क्षेत्रमा अनशन बसेको भन्दै केही समयअघि उनलाई प्रहरी नियन्त्रण लिएको थियो ।
बुढीगंगास्थित टन्कीसिन्वारीको घरसम्म छोडेर प्रहरी फर्किएको थियो तर लगत्तै उनी विराटनगरको देवकोटा चोकमा अनशन बस्न गाएका थिए।