सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय समितिको म्याद १५ दिन थपियो

१८ भदौ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिनका लागि थप भएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सभापति सूर्यबहादुर थापाले राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनले १५ दिन म्याद थपको प्रस्ताव राखेका थिए।

१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक हप्ता दिन पछि २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएको थियो र भदौ २२ मा अवधि सकिंदै छ।

समिति सभापति थापाले समितिले यस बिषयमा दिन रात काम गरिरहेको बताए । तर काम तीव्र गतिमा गर्दैगर्दा पनि काम नसकिएपछि म्याद थप गर्न भदौ २२ गते समाप्त हुन लागेकाले म्याद थपको प्रस्ताव गरिएको बताए।

प्रश्तुत प्रश्तावलाई समितिले सर्वसम्मत स्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए। समितिमा रास्वपाबाट शिशिर खनाल, एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल र राप्रपा ध्रुवबहादुर प्रधान छन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार