राम्रो काम गरेपछि आत्तिएर नयाँ गठबन्धन गरे :  प्रचण्ड

भाद्र २, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामवृक्ष यादवको स्मृतिमा पार्टी कार्यालय पेरिसडाँडामा आइतबार सम्बोधन गर्दै भने आफू प्रधानमन्त्री हुँदा राम्रो काम गरेपछि आत्तिएर नयाँ गठबन्धन गरेको बताएका छन ।

पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिरहेको बताएका हुन । जनताका मुद्दा रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्ने समेत बताए ।

“जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन,” “हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ,” उनले भने, “यो अपवित्र छ, यसको उद्देश्य गलत छ । पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ ।”

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार