“गजल” साल फेरियो ।

चैत्र ३० विहिबार

कैलाली :- कृष्ण सी (सुर्य)

साल फेरियो

बर्ष फेरियो रितु फेरियो तर मेरो आमाको चोलि उस्तै छ ।

युवाहरूलाई रोजगार दिन्छु भन्नेहरुको बोलि उस्तै छ ।

किसानले सिचाइ नपाएर भोकै मर्नु पर्ने भो ।

दीर्घकालीन विकास नहुदा हिमालबाट बगेको खोलि उस्तै छ।।

बर्ष फेरियो रितु फेरियो तर मेरो आमाको चोलि उस्तै छ ।

युवाहरूलाई रोजगार दिन्छु भन्नेहरुको बोलि उस्तै छ ।।

सिमा मिचि सक्यो साम्राज्यवादी भारतले ।

सिमा सुरक्षामा खटियका सिपाइको बन्दुक अनि गोलि उस्तै छ।।

के हेरेर बस्छन देशका सासकले सिपाइलाइ आदेश दिन नसक्ने ।

बिदेशिन छन लड्ने युवा अनि फर्किदाको झोलि उस्तै छ । ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार