तस्बिर: पाँचपोखरी गाउँपालिका पेज
सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४ नागी थामडाँडामा पेमाछल उद्यान केन्द्रको संग्राहलय भवन बागमती प्रदेशका संस्कृती पर्यटन तथा सहकारी मन्त्री माननिय बिमल ठकुरीज्युको अतिथ्यतामा शिलन्यास कार्यक्रम सम्पन्न भएको छ।
त्यसैगरी बागमती प्रदेशका सांंसद माननिय कृष्णकुमार तामाङ लगायतका पर्यटन मन्त्रालयका उच्च पदस्त ब्यक्तिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको छ।
पालिकाकै राजनितिक दलहरुको पनि बाक्लै उपस्थिती थियो।
पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्षले उक्त स्थानमा सोलार बत्तीको जडानको लागि पनि निर्देशन दिएका थिए।संग्रहालयको भवन शिलान्यासले एउटा राम्रो कामको थालनी भएको र आगामी दिनमा पनि यस्तै बिकासको काममा अग्रसर रहने प्रतिबद्धता अध्यक्ष टासी लामाले ब्यक्त गरे।