कालिकोट पलातामा जीप दूर्घटना, ७ जनाको मृत्यु

कालिकोट। कालिकोट जिल्लाको पलाता गाउँपालिका वार्ड नम्बर ३ काप्रेखोलाको भीडबाट बूलेरो पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

मृत्यु हुनेमा पलाता गाउँपालिका कालिकोट ५ का पदम बम, छाया शाही, पलाता ६ कि दसकला शाही, भगवती रोकाया, गणेश शाही र वडा नम्बर ३ का दमन रोकाया रहेका छन । उनीहरूको घटनास्थल मै मृत्यु भएको हो । थप चालकको पनि मृत्यु भएको छ ।

यसैगरी घाइते १२ जना घाइते भएका छन । घाइते हुनेहरूमा पलाता गाउँपालिका कालिकोट-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया, निर्मला रोकाया, जगत रोकाया र भूपेन्द्र रोकाया रहेका छन ।

यसैगरी पलाता गाउँपालिका ५ का दोली बिक, आयुशा बिक र वडा नम्बर ३ का दान बहादुर रोकाया पनि घाइते भएका छन । बुलेरोमा टोटल सवार १९ जना थिए । ७ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन ।

स्थानीयका अनुसार गाड़ी दुर्घटना हुने अनुमान उकालो बाटोमा गाड़ी २ गेरमा भएको र पछाडि बढी वईट भएकोले एगाडिको पाङ्ग्रा उठेर गाड़ी पल्टिएको अनुमान गरिएको छ।

घाइते हरुको उद्दार सेनाको हेलिकप्टर बाट सुर्खेत ल्याइएको छ प्रदेश अस्पताल सुर्खेतमा घाईतेहरुको उपचार भइरहेको छ ।

दुर्घटनाका तस्बिरहरू::

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार